Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एउटै कथालाई गीत र छोटो फिल्ममा गायक जेम्स प्रधानले निर्देशन गरे ‘सर्ट टर्म मेमोरी लस’

✍ परिकला न्यूज
असार २, २०८० मा प्रकाशित
एउटै कथालाई गीत र छोटो फिल्ममा गायक जेम्स प्रधानले निर्देशन गरे ‘सर्ट टर्म मेमोरी लस’


इटहरी/ गायक, सङ्गीतकार, एरेञ्जर लगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान निर्देशक बनेका छन् । उनको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ को काठमाडौँमा आयोजित एक समरोहका बीच प्रिमियर गरियो । एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने सङ्केत गरे । इन्टरनेटको माध्यमले आफूले सिकेको शिपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले जानकारी दिए । ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यहि क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ’, जेम्सले भने । उनको यो दोस्रो सर्ट फिल्म हो । गायिका आनी छोइङ डोल्माले फिल्म निर्देशन सम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको जानकारी थियो । ‘म चलचित्र निर्देशन गर्छ, तर कहिले अहिले भन्न अवस्था छैन । यसलाई त्यसकै सुरुआतकको रुपमा समेत बुझ्न सकिन्छ’,जेम्सले भने ।

सर्ट फिल्ममा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ । यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितीलाई चित्रण गरिएको छोटो चलचित्र १९ लम्बाईको रहेको छ । यसमा श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रंग संयोजन, जेसिका प्रधानले सम्पादन गर्नभएको छ । कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शल्लभले विज्ञापन बनाउने क्रममा नै जेम्सको प्रतिभालाई महसुश गरेको बताए । ‘मैले जेम्समा गायनसँगै स्टोरी टेलीङको क्षमता बुझ्न पाए । म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएँन’, निर्देशक शल्लभले भने । हेर्नुस् भिडियो ।

अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले फिल्म हेरेपछि नियमित भन्दा फरक महसुश गरेको प्रतिक्रिया दिए । ‘निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ । कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो’, अभिनेता प्रशान्तले भने । विगत तीन दशकदेखि गीतसङ्गीत सक्रिय जेम्स विज्ञापनसँगै गायन र सङ्गीतकारको रुपमा स्थापित नाम हुन् । उनको गायनसँगै सङ्गीत रहेको गीतले समेत कयौँ गायक गायिकालाई स्थापित बनाएको छ । असल र इमान्दार सङ्गीतकर्मीको रुपमा परिचित जेम्स ‘किङ्ग मेकर’ रहेको गायक योगेश्वर अमात्यले बताए । उनले भने,‘उसको गीतसंगीत जति कर्णप्रिय छ, मान्छे पनि उस्तै कर्णप्रिय र इमान्दार । उसले आफूलाई जिंगलमा मात्र सिमित नराखेर विभिन्न पाटोमा अब्बल सावित गर्यो ।’

गायक अमात्य झैँ सङ्गीतकार न्हू बज्राचार्यले पनि जेम्सको प्रतिभाको चर्चा गरे । ‘उसले अहिले पनि फरक काम प्रतिको लगाव छाडेको छैन । किनकि निर्देशनमा पाईला टेक्दै छ’, संगीतकार बज्राचार्यले भने,‘हामीलाई अहिले पनि उसको कामले ऊर्जा मिल्छ । म उसको निर्देशकीय फिल्म हेर्न आतुर छु ।’ लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा उपस्थित गायक सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भिम तुलाधर, निर्देशक डब्बु क्षेत्री, सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरेका थिए ।

अगाडिकाे पाेस्ट

पैसा नभएको ३ लाख बढिको चेक दिएर निर्माता सम्पर्कबिहिन, मोडलसहित सुटिङ युनिटको बिचल्ली

अर्काे पाेस्ट

आकाश श्रेष्ठ अभिनित ‘बगान’को पोस्टर सार्वजनिक, सरोज खनालको निर्देशनमा डेब्यू

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स
कलिउड न्युज

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

बैशाख १६, २०८३ मा प्रकाशित
माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana