इटहरी/ संगीतप्रेमी दर्शक-श्रोताका लागि गायिका सारिका घिमिरेको नयाँ गीत ‘झुम्के फुली’ सार्वजनिक भएको छ । यो गीतमा शब्द, संगीत र स्वर गायिका सारिकाकै रहेको छ भने संगीत संयोजन मनोज परियारले गरेका छन् ।
डान्सिङ्ग शैलीको यस गीतमा गीतका गायिका सारिका घिमिरे र मोडल अलिशा शर्मा फिचर्ड छन् । हेर्नुस् भिडियो यस्तो बनेको छ ।
केशवराज भट्टको निर्देशनमा तयार भएको भिडियो छायांकन प्रकाश खड्काले गरेका छन् भने सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक यो भिडियोले दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ ।















Discussion about this post