इटहरी/ अभिनेत्रीबाट असफलताको नमिठो झड्का पाएकी एलिजा गौतम म्युजिक भिडियो मोडलिङमा केही हदसम्म चलिन् । तर, पछिल्लो समय म्युजिक भिडियोमा पनि खासै सक्रिय छैनन् उनी । दुबैतिरबाट असफलताको सिकार भएकी उनी राजनितीमा होमिएकी छन् । गएको वर्ष नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनी यतिबेला आफुलाई नेत्रीको रुपमा परिचीत गराउन लागिपरेको बुझ्न सकिन्छ । आफ्नो पार्टीको संरक्षक रेशम चौधरीलाई जन्मकैद सजाय तोकिए पछि उनले ‘अब देशमा आगो बल्छ’ भन्दै दिएको अभिव्यक्तिले सर्वत्र चर्चा र आलोचना पायो । हेर्नुस यो समाचारसंग तयार गरिएको हाईलाईट्स कार्यक्रम
त्यसपश्चात् ‘पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केहि बोल्नु, सरकारलाई खबरदारी गर्नु मेरो कर्तव्य हो । सोहि ठानेर मिडियामा बोले र खबरदारी गरे’ भन्दै आफू राजनीतिमा सिकारु मान्छे भएको कारण देखाउदै आफ्नो धारणा सामाजिक संजालमा राखिन् । यतिबेला जन्मकैद सजाय पाएका चौधरी छुटिसकेका छन् । जेलबाट छुटेपश्चात् गौतमले चौधरीसंग सेल्फी पनि खिच्न भ्याईन् ।
अब यत्ती भएपछि आगो लाग्नबाट देश त जोगियो एलिजा जि तर, यो गणतन्त्र दिवस अपराधीहरु छुट्ने मुलढोका जस्तै प्रमाणित हुन थालेको छ । जन्मकैद सजाए पाएपछि कमसेकम २०/२२ वर्षपछि आममाफी पाएको भएपनी त केही सन्तुष्टि हुने ठाउँ मिल्थ्यो होला । यो गणतन्त्रले त जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले अपराध ठहर गरेर जन्मकैद सजाय फैसला गरेको अपराधीलाई ससम्मान जेलमुक्त बनाउछ । अनि के को गणतन्त्र ? उनका केही हुल समर्थक खुशी देखिएपनी आम नेपालीले भने सरकारको यो निर्णयको चर्को बिरोध गरिरहेका छन् ।
Discussion about this post