इटहरी/ मोडल नविन न्यौपाने र अन्जसा रिजालको रोमाण्टिक प्रस्तुति रहेको ‘पल पलमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नविन न्यौपानेकै निर्देशनमा तयार पारिएको यस भिडियोमा युयुश ढकालको छायाँकन र आरती लिम्बुको सम्पादन समावेश छ । बिचित्र फिल्मसले निर्माण गरेको यो भिडियो ‘अमेजिंग प्राइम नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । हेर्नुस् भिडियो ।
सार्वजनिक यस गीतमा सुरेश लामाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्द बिष्णु बाबु देवकोटाले लेखेका हुन् भने संगीत टिका दाहालले दिएका छन् । गीतको संगीत संयोजन राहुल प्रधानले गरेका छन्, जसले गीतलाई थप रोमाण्टिक बनाएको छ। निर्माण टिमले सबैलाई म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ।
Discussion about this post