Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘वसन्त’अघि ‘पुर्ण बहादुरको सारङी’ आएपछि प्रकाश सपूत असन्तुष्ट

उनी भन्छन् 'सृजना, सर्जक निर्माता वा कलाकारको दम्भले चल्दैन'

✍ परिकला न्यूज
कार्तिक ३, २०८१ मा प्रकाशित
‘वसन्त’अघि ‘पुर्ण बहादुरको सारङी’ आएपछि प्रकाश सपूत असन्तुष्ट

इटहरी/ गायक तथा अभिनेता प्रकाश सपुतको प्रमुख भुमिका रहेको फिल्म ‘पुर्ण बहादुरको सारङी’ यहि कार्तिक १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । यता फिल्मको प्रचारप्रसारलाई निर्माण युनिटले तिब्रता दिएको छ । तर, अभिनेता सपूत भने प्रचारप्रसारमा सक्रिय छैनन् । उनले यो फिल्मको प्रचारमा सहयोग नगरेको आरोप खेप्दै आइरहेका छन् । सामाजिक संजालमा फिल्मको बारेमा नलेखेको देखी ट्रेलर सार्वजनिक कार्यक्रममा समेत उपस्थित नहुदासम्मका कुराहरुले उनलाई खेदिरहेको छ । यसैक्रममा उनले मुख खोलेका छन् ।

सामाजिक संजालमा शुक्रवार बेलुका एक लामो स्ट्याटस लेख्दै सपुतले आफ्नो भावनात्मक स्पष्टीकरण दिएका छन् । उनको सो स्ट्याटसलाई हेर्दा सपुतको ब्यानरमा बन्ने फिल्म ‘वसन्त’ भन्दाअघि ‘पुर्ण बहादुरको सारङी’ रिलिज भएका कारण असन्तुष्टि रहेको बुझ्न सकिन्छ । उनको स्ट्याटसमा रहेको ‘खासमा हाम्रो चलचित्र बसन्तका निर्माताहरु, वितरकहरु र सहकार्य गर्ने ब्राण्हरुसंग परदेशी २ पछि बसन्त नै आउनेछ भन्ने शर्तमा सम्झौता गरेका छौ ।’ भन्ने लाईनले पनि उनी वसन्त अघि पुर्ण बहादुरको सारङी प्रदर्शन भएका कारण सन्तुष्ट छैनन् । त्यसैले यो फिल्मको प्रचारप्रसारमा बेवास्ता गरिरहेका छन् ।

उनी थप लेख्दै ‘मैले पुर्ण बहादुरको सारंगिका लागि कुनै शर्त राखेको थिईन । मैले त उहाहरुलाई आफ्नो समस्या राखेको थिए र सोच्ने समय दिएको थिए’ भन्दै सोचेरै सम्झौतामा स्पस्ट लेखिएको पनि खुलाएका छन् । यता चैत्र २२ लाई रिलिज मिति तय गरेको ‘वसन्त’को यतिबेला छायांकन भैरहेको छ । उनले यसैकारण पनि समय मिलाउन गार्हो भैरहेको घुमाउरो जवाफ पनि दिएका छन् । पुर्ण बहादुरको सारङीलाई आफुले मनैदेखी दर्शकसमक्ष लिएर जाने चाहाना भैरहेको अवस्थामा अचानक प्रदर्शन हुने भएपछि आफू सर्प्राईज भएको लेखेका छन् ।

उनले आफुलाई फिल्मको प्रचारप्रसार गर्न नजान्ने कलाकारको रुपमा उक्त स्ट्याटस मार्फत चित्रण गरेका छन् । पुर्ण बहादुरको सारङीमा आफ्नो भुमिकाको हिसाबले पनि भारी अलि कम भएको उनको भनाई छ । सपुतले स्ट्याटसको अन्त्यमा पुर्ण बहादुरको सारङी फिल्मको पात्र ‘कमले जस्तो सामान्य पात्र भएर ‘बा’को सपना बाच्न पाईराखौ’ भन्दै निर्माण टिमप्रती भने पेचिलो प्रहार गरेका छन् । उनले ‘पर्दामा यस्तो सपना, संघर्ष र ईमानको कथा बनाएर बाहिर चाहि अरुको सपना, संघर्ष र ईमानमाथी बेईमानी र बदनामी गर्नेहरुसंग चाहि फेरी जोडिन नपरोस’ भनेका छन् । मर्यादित बन्न आग्रह गर्दै उनले ‘सिर्जना, दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दमले चल्छ ! सर्जक, निर्माता वा कलाकारको दम्भ ले होईन।’ भनेका छन् ।

हेर्नुस् उनको पूरा स्ट्याट्स:
पहिलो चलचित्र परदेशी २ लाई मैले करिब ४ वर्ष पर्खिएको थिए । त्यस बिचमा अवसर पाएर पनि मैले अरु कुनै चलचित्र गरिन ! साथै आफुले सोचेको भन्दा अर्कै समयमा चलचित्र रिलिज हुने भएर पनि मैले आफ्नो व्यवसायिक संगित करियरको एउटा मोडलाई चटक्कै छोडेर चलचित्रलाई मनै देखि दर्शकहरु सम्म लिएर गए र दर्शक को माया पनि पाईयो । मलाई मेरो पेशाको प्रकृति र कर्तव्य थाहा छ । मैले त राम्रा कथाहरु डिटेलमा भन्न पाईयोस भनेर चलचित्र कर्म रोजेको हो । नत्र नेपाली दर्शक स्रोता बाट यो जुनिलाई पुग्ने माया, शुभेच्छा र आशिर्वाद मैले संगित मार्फत पाईरहेको छु । हिरो बन्ने रहर पनि परदेशी २ बाट पुरा भई नै हाल्यो । खासमा हाम्रो चलचित्र बसन्त का निर्माताहरु, वितरकहरु र सहकार्य गर्ने ब्राण्हरु संग परदेशी २ पछि बसन्त नै आउनेछ भन्ने शर्तमा सम्झौता गरेका छौ । यो बिचमा थुप्रै निर्माता निर्देशकहरुहरुले आफ्नो चलचित्रमा काम गराउन चाहानु भएको छ तर मैले ‘मलाई केहि समय चाहिन्छ है ‘ भने पछि केहि ले प्रोजेक्ट होल्ड गरेर पर्खिरहनु भएको छ । केहि ले ‘ल फेरी गरौला ‘ भनेर अरु विकल्प सोचिसक्नु भएको छ । म यतिखेर उहाहरु सबै संग लज्जित छु । किनकि टिम वर्कमा एउटा मान्छे बैमानीमा पर्दा उ संग जोडिएका अरु थुप्रै मानीसहरुलाई धोका हुन्छ । मैले पुर्ण बहादुरको सारंगिका लागि कुनै शर्त राखेको थिईन । मैले त उहाहरुलाई आफ्नो समस्या राखेको थिए र सोच्ने समय दिएको थिए । सोचेरै सम्झौतामा स्पस्ट लेखिएको पनि छ !

जेहोस, पुर्ण बहादुरको सांरगि राम्रो कथामा बनेको छ । मैले राम्रो भएर नै मनै देखि काम गरेको हु । बिजय बराल, मुकुन भुषाल जस्ता जिवन्त कलाकार संग काम गर्न मनै देखि ख़ुशी थिए र मनै देखि दर्शक सम्म लिएर जाने रहर थियो । तर चलचित्र अचानक प्रदशन हुने भय पछि म सरप्राइज़ भए । म संग लड़ि बस्ने ईनर्जि भएन । मैले केहि भन्न सकिन । यतिखेर म बसन्तको छायांकनमा छु । यसको सम्पुर्ण ज़िम्मेवारी आफ्नै काधमा भएकोले समय मिलाउन अलि गार्हो भएको छ र मानसिक रुपमा पनि अरु सोच्न सकिने अवस्था छैन । यसै पनि म उति सारो प्रचार प्रसार गर्न जान्ने र जागर गर्ने कलाकार पनि होईन । भुमिका का हिसाबले पनि सारंगिमा मेरो भारी अलि कम छ जति अरुको छ ।
खैर, मान्छेहरुको व्यवहार जस्तो भए पनि आफ्नो कामको माया लाग्छ । कार्तिक १५ मा रिलिज हुने भए पछि अब यो चलचित्र शर्त र सम्झौताहरु बाट बाहिर निस्केर हामी सबैको भयो । अझै बढि दर्शकहरुको भयो । तपाईहरुको भयो । म यो कथा र आफ्नो पात्र “ कमले” लाई लिएर एकदमै उत्साहित छु र कामना गर्छु , पुर्ण बहादुरको सारंगी जस्तो कथाहरु संग जोडिन पाईराखौ । कमले जस्तो सामान्य पात्र भएर ‘बा’ को सपना बाच्न पाईराखौ । तर पर्दामा यस्तो सपना, संघर्ष र ईमान को कथा बनाएर बाहिर चाहि अरुको सपना, संघर्ष र ईमान माथी बेईमानी र बदनामी गर्नेहरु संग चाहि फेरी जोडिन नपरोस । कम्तिमा मर्यादित बनौ । अर्को कुरा सिर्जना , दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दम ले चल्छ ! सर्जक, निर्माता वा कलाकारको दम्भ ले होईन । म यो कुरामा सधै स्पस्ट छु ।
अन्तमा, यो नै अन्तिम स्पस्टिकरण हो है । अब सार्वजनिक रुपमा शर्त, सम्झौता र नकरात्मकताको कुरा गरिने छैन । अब सकरात्मक ढंगले पुर्ण बहादुरको सांरगि को प्रमोशन गरिनेछ ! सबैको मनमा मिठो धुन बजाईनेछ । है त 🙏😍🇳🇵

भेटौला “पुर्णेको छोरा कमले” संग कार्तिक १५ गते !

अगाडिकाे पाेस्ट

‘पल पलमा’ रोमान्टिक नविन न्यौपाने र अन्जसा रिजाल

अर्काे पाेस्ट

सौरभको ‘कर्मा’मा विपिन कार्की अनुबन्ध, चैत २९ गतेलाई रिलिज घोषणा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana