इटहरी/ अगस्त्य फिल्म निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ फिल्म ‘कर्मा’को प्रदर्शन मिति चैत २९ गतेका लागि घोषणा गरेका छन् । योसंगै फिल्ममा अभिनेता विपीन कार्कीलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको छ । रिलिज मिति सार्वजनिक गर्दै निर्माणपक्षले पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाएको छ । जसले उनलाई शारीरिक रूपमा फिट र बलियो भूमिकामा प्रस्तुत गरिने सङ्केत गर्दछ ।
यो फिल्म ‘कर्मा’ एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ । यसअघि पनि निर्देशक चौधरीले ‘अगस्त्यः च्याप्टर–१’ एक्सन जनरामा निर्माण गरेका थिए । यो फिल्म ‘कर्मा’को कथा पनि उनले नै लेखेका छन्, यो उनको तेस्रो निर्देशन हो ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ भने छायांकन मङ्सिरको दोस्रो साताबाट सुरु हुने जनाइएको छ । अन्य कलाकारहरूको छनोट भइरहेको र छिट्टै सार्वजनिक गरिने निर्देशकले जानकारी दिएका छन् । ‘अगस्त्यः च्याप्टर-१’बाट चौधरीले पाएको निर्देशकिय तारिफपछि ‘कर्मा’प्रति पनि दर्शकको उच्च अपेक्षा रहेको छ ।
Discussion about this post