इटहरी/ ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता गायक करण राई र चर्चित अभिनेत्री मलिका महत फिचर्ड छन् । गीतमा करणसँगै गायिका नितु पुनको स्वर समावेश गरिएको छ । थुग्तेन डुक्पाको शब्द र चर्चित संगीतकार डम्बर नेपालीको संगीतमा तयार भएको यो गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् ।
सार्वजनिक गीतलाई देबेश राईले मिक्सिङ र मास्टरिङको काम गरेका छन् । बिक्रम चौहानले निर्देशन गरेको यस म्युजिक भिडियोमा करण र मलिकाको प्रेमिल जोडीलाई प्रस्तुत गरिएको छ । जहाँ उनीहरुको धमाकेदार नृत्य समेत देख्न सकिन्छ । मलिकाले गीत मन परेकैले यसमा काम गरेको बताएकी छन् । हेर्नुस् भिडियो ।
करणको नृत्यको प्रशंसा गर्दै मलिकाले भनिन्, ‘उहाँले छोटो समयमा धेरै राम्रो डान्स सिक्नुभएको छ।’ करणले पनि डान्सिङ गीतमा आफ्नो उत्कृष्ट प्रस्तुती दिन प्रयास गरेको बताएका छन् । बिक्रमको निर्देशनसँगै कोरियोग्राफी रहेको यस भिडियोमा प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी छ भने मिलन विश्वकर्माले इडिट र कलर गरेको छन् । सरिता मगरको मेकअप रहेको भिडियोमा गायक करणले विभिन्न कलाकारहरूसँगको सहकार्यलाई निरन्तरता दिँदै आएका छन् ।
Discussion about this post