इटहरी/ मिस नेपाल वर्ल्ड २०२४ सम्पन्न भएको छ । आज शनिबार राती सम्पन्न सम्पन्न ग्राण्ड फिनालेबाट आश्मा कुमारी केसीले ‘मिस नेपाल वर्ल्ड-२०२४’ को ताज पहिरिएकी छन् । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको प्रतियोगिताको फिनाले कार्यक्रमबाट २५ जनालाई पछि पार्दै केसीले उपाधी हात पारेकी हुन् । उनले विजेताको उपाधी क्राउनसहित अन्य पुरस्कारका साथै ‘मिस वर्ल्ड’मा सहभागी हुने अवसर प्राप्त गरेकी छन् ।
यस्तै ग्राण्ड फिनालेबाट मिस नेपाल अर्थको उपाधी सुमना केसीले हात पारिन् । उनले पनि उपाधी क्राउनसहित अन्य पुरस्कारहरुसंगै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस अर्थ’मा सहभागी हुने मौका पाएकी छन् । यस्तै करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।
उनले पनि क्राउन, अन्य पुरस्कारहरुसंगै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् । फिनालेबाट अन्य विधाहरुमा श्रद्धा सिलवालले मिस फोटोजेनिक, आश्मा कुमारी केसीले फेस अफ द ईयर, दिक्षा अवस्थीले मिस इन्टलेक्चुअल, सुमना केसीले ब्युटी विथ अ पर्पोज र कृती श्रेष्ठले वुमन विथ विंग्सको सबटाईटलको उपाधी सहित २५-२५ हजार नगद पुरस्कारसमेत हात पारेका छन् ।
Discussion about this post