Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

युट्युबमा ‘मनका कुरा’ संचालन गर्दै उद्यमी तथा साहित्यकार बसन्त चौधरी

✍ परिकला न्यूज
पुस ६, २०८० मा प्रकाशित
युट्युबमा ‘मनका कुरा’ संचालन गर्दै उद्यमी तथा साहित्यकार बसन्त चौधरी

इटहरी/ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनको उद्घोष गरेका छन् । सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ । ‘जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ, यही अनवरत प्रयत्नले गर्दा नै मैले पनि व्यापार व्यवसायबाहेक मेरो मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ,’ कार्यक्रम उद्घोष गर्दै उनले भनेका छन् ।

उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतारेको बताएका छन् । उनले भनेका छन्,‘मलाई तपाईँका मनका कुरा सुन्न मन लाग्यो । तपाईँका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो ।’ उनले यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको सङ्घर्ष तथा जीवन यात्राका आरोह-अवरोह पस्कने छन् । जसका लागि उनले मनिशा कोइराला, सुरक्षा पन्त, दीपक बज्राचार्य, उद्यमी विदुशी राणा, वरिष्ठ कलाकार निर शाह, मान्सी अग्रवाल, गायिका आनी डोल्मा, रुबी राणा लगायतको अन्तर्वार्ता हरेक शुक्रबार प्रशारण गरिने छ । २२ डिसेम्बरमा कार्यक्रममा पहिलो अतिथिका रूपमा मनिशा कोइराला रहनेछिन् । त्यसपछिका हरेक शुक्रबार अन्यलाई अतिथि बनाइनेछ ।

को हुन् बसन्त चौधरी ?

विसं २०१३ मा काठमाडौँमा जन्मिएका बसन्त साहित्य कर्ममा रमाउने उद्यमी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् । १७ वर्षको उमेरदेखि नै पुर्ख्यौली व्यवसाय (अरुण इम्पोरियम)मा संलग्न चौधरीले २०४१ सालमा ‘ग्रुप-३’ नामक कम्पनी स्थापना गरी आफ्नै व्यवसाय प्रारम्भ गरेका थिए । विज्ञापन एजेन्सीका रूपमा स्थापित उक्त कम्पनीबाट ‘उर्वशी’ नामक पत्रिका पनि प्रकाशित भएको थियो ।

२०५७ सलमा स्थापित नर्भिक इण्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष रहेका उनी चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् । २०४५ सालमा सुनसरीमा स्थापित ‘श्री पशुपति बिस्कुट उद्योग’को जिम्मेवारी सम्हालेका चौधरी त्यति बेलै ‘श्री लुनकरणदास गङ्गादेवी चौधरी च्यारिटी हस्पिटल’ स्थापना गरी स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गरेका थिए ।

चौधरीका विभिन्न पुस्तक तथा नेपाली तथा हिन्दी भाषामा कविता सङ्ग्रह गरी एक दर्जनभन्दा बढी प्रकाशित छन् । उनका मैथिली कविता सङ्ग्रह ‘वसन्त’, नेपाल भाषा कविता-मुना ‘वसन्त’, हिन्दी कविता सङ्ग्रह ‘आसुँओं कि सियाही में’, ‘वक्त रुक्ता नहीँ’ कविता सङ्ग्रह लगायत थुप्रै पुस्तक प्रकाशित छन् ।

उनको साङ्गीतिक एल्बम नै आधा दर्जन भन्दा बढी सार्वजनिक भएका छन् । ‘गरुँ कि मिठो भुल’, ‘शान्ति लुकाउँ कहाँ’, ‘मेरो प्यारो मान्छे’, ‘चिठी आएन’ जस्ता नेपाली गीत तथा ‘तुम मिल जाओ’, ‘चाहतोँ से ज्यादा’, ‘तुम मेरे’ लगायतका हिन्दी गीतहरू चर्चित छन् । चौधरी ‘वीरेन्द्र-ऐश्वर्य सेवा पदक’, ‘प्रख्यात त्रिशक्ति पट्ट’, ‘विशष्ट सेवा पदक,’ ‘प्रबल गोर्खा दक्षिण बाहु’जस्ता पदकबाट पनि सम्मानित भएका छन् ।

अगाडिकाे पाेस्ट

३८ प्रतियोगी ‘मोडल हन्ट नेपाल २०२३’का लागि छानिए

अर्काे पाेस्ट

फिल्म ‘राजमहल’ निर्माण घोषणा, दरबारको कथा समेटिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’
कलिउड न्युज

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

दिग्गजहरूको पुनर्मिलन र रित्तिएका गाउँको व्यथा: वैशाख १ गते तुलसी घिमिरेको ‘पहाड’
कलिउड न्युज

दिग्गजहरूको पुनर्मिलन र रित्तिएका गाउँको व्यथा: वैशाख १ गते तुलसी घिमिरेको ‘पहाड’

✍ परिकला न्यूज
चैत्र २७, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
रगतको नातामा सम्पत्तिको पर्खाल: ‘हामी तीन भाइ’को ट्रेलरमा देखियो पारिवारिक कथाको यथार्थ

रगतको नातामा सम्पत्तिको पर्खाल: ‘हामी तीन भाइ’को ट्रेलरमा देखियो पारिवारिक कथाको यथार्थ

चैत्र ३, २०८२ मा प्रकाशित
युवा पलायनले रित्तिएको गाउँको कथा बोकेर आउँदैछ तुलसी घिमिरेको ‘पहाड’, यस्तो छ टिजर

युवा पलायनले रित्तिएको गाउँको कथा बोकेर आउँदैछ तुलसी घिमिरेको ‘पहाड’, यस्तो छ टिजर

चैत्र २, २०८२ मा प्रकाशित
एक्सन स्टार विराज भट्टको आक्रामक पुनरागमन: ‘राम नाम सत्य’को धमाकेदार टिजर सार्वजनिक

एक्सन स्टार विराज भट्टको आक्रामक पुनरागमन: ‘राम नाम सत्य’को धमाकेदार टिजर सार्वजनिक

फाल्गुन २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana