इटहरी/वलिउडका सुपरस्टार तथा किंग खानले चिनिने शाहरुख खानको मुख्य भूमिका रहेको सिनेमा ‘डंकि’मा समाबेश गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘डंकि ड्रप 6: बन्दा’ रहेको छ । यो सिनेमा यहि शुक्रबार अर्थात् डिसेम्बर २१ बाट विश्वव्यापी रुपमा रिलिज हुँदैछ । सार्वजनिक गीतमा वलिउडका चर्चित गायक दिलजित दोसाँझले आफ्नो स्वर दिएका हुन् भने कुमारको शब्द रहेको यस गीतमा प्रितामले आफ्नो संगीत दिएर पूर्णता प्रदान गरेका छन् ।
शाहरुख खान, तापसी पन्नु, बोमन इरानी र विक्की कौशल (विशेष उपस्थितिमा) अभिनीत,सार्वजनिक गीत १ मिनेट ३० सेकेण्ड छ । सार्वजनिक भएको केहि समयमा नै दर्शकले राम्रो लाईक र प्रतिक्रिया दिएका छन् भने यो समाचार तयार गर्दा सम्म यो गीत भिडियो युट्युब म्युजिकको १५ नम्बर ट्रेनडिङ्गमा पुगेको छ ।
यस फिल्ममा शाहरुख खान, तपसी पन्नु, प्रितम, दिलजित, कुमार, बोमन इरानी, विक्की कौसलको मुख्य भूमिका सहित अन्य बिभिन्न कलाकारहरुको अभिनय रहेको छ । राजकुमार हिरानी द्वारा निर्देशित छ, र जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट तथा राजकुमार हिरानी फिल्म्स द्वारा प्रस्तुत गरिएको छ ।
Discussion about this post