इटहरी/बाबु-छोरीको कथा बोकेको, घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘चित्रा’को अफिसियल टिजर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको टिजर १ मिनेट २४ सेकेण्डको छ भने यसमा एक्सनलाई पनि प्राथमिकता दिइएको संकेत देख्न सकिन्छ ।
सिनेमामा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय छ ।
आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने, सन्तोष अधिकारी फिल्मस् तथा अस्याप इन्टरटेनमेन्ट अष्ट्रेलिया नेपालको सहकार्य रहेको यस सिनेमा आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
सिनेमामा राजनराज सिवाकोटीको शब्द तथा संगीत, अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद लेखन, सम्राट बस्नेत र टिमको द्वन्द्व निर्देशन, बनिष शाह र सन्देश शाहको सम्पादन, महेश पौडेलको छायांकन छ ।
Discussion about this post