इटहरी/ नेपालकी दीपिका ग्यारेटले मिस युनिभर्स २०२३ को उपाधी जित्ने चर्चा चलेपनी फिनालेबाट निकारागुआकी सेनिस पलासियोसले उपाधी हात पारेकी छन् । नेपालको प्रतिनिधित्व गर्दै फिनालेमा पुगेकी ग्यारेटको यात्रा भने उत्कृष्ट २० मा पुगेर टुङ्गीयो ।
उनको चर्चा अन्तर्राष्ट्रिय मिडियामा समेत चलेको थियो । ‘प्लस साइज मोडल’ भन्दै उनी मिडियाको हेडलाईन बनेकी थिइन् । उत्कृष्ट २० को यात्रामा पुगेकी उनले सहयोगी सबैलाई धन्यवाद दिदै इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेकी छन् ।
यता बिजेता हुने सेनिसले ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिन सफल भएकि हुन् । मिस युनिभर्सको उपाधी निकारागुआले पहिलो पटक जितेको हो । यस्तै फिनालेबाट थाइल्यान्डकी एन्टोनिया पोर्सिल्डले फर्स्ट रनरअप र अष्ट्रेलियाकी मोरया विल्सनले सेकेन्ड रनरअपको उपाधी हात पारिन् ।
Discussion about this post