इटहरी/ छायांकन स्थलदेखी सिनेमा हलहुँदै युट्युबसम्म दयाहाङमय छ चलचित्र क्षेत्र । यतिबेला उनी फिल्म ‘अन्जिला’को छायांकनका लागी इलाममा छन् भने यता हलमा पनि हाउसफुल सहित उनको समेत अभिनय रहेको फिल्म ‘दिमाग खराब’ प्रदर्शन भैरहेको छ । यता युट्युबमा त झन आफैसंग आफै प्रतिष्पर्धा गरेको १ महिना भैसक्यो । रि-अप्लोड गरिएको दया अभिनित ‘भैरे’ सहित १ महिनाको अवधिमा ६ ओटा फिल्म युट्युबमा सार्वजनिक भएका छन् ।
‘बिहे पास’ र ‘के घर के डेरा’ पछिल्लो हप्ता सार्वजनिक भएका उनी अभिनित फिल्महरु हुन् । यी दुबै फिल्मले सिनेमा हलमा प्रदर्शनका बेला अपेक्षाकृत व्यापार गर्न सकेको थिएन् । युट्युब ट्रेन्डिङमा यतिबेला यी २ फिल्म एकआपसमा प्रतिष्पर्धा गरिरहेका छन् । के घर के डेरा ट्रेन्डिङको पहिलो स्थानम छ भने बिहे पास दोश्रो स्थानमा । १ दिनको अन्तरमा सार्वजनिक भएको यी फिल्महरुले उल्लेख्य भ्युज बटुलिरहेको छ ।
यो समाचार तयार गर्दैगर्दा बिहेपासले ३७ लाख बढी भ्युज पाएको छ भने के घर के डेराले ४२ लाख बढी भ्युज बटुल्न सफल भएको छ । यसअघि उनकै अभिनय रहेको फिल्म “फुलबारी” ट्रेन्डिङबाट बाहिरी सकेको छ भने १ महिना पार नगर्दै सो फिल्मले युट्युबमा १ करोड बढी भ्युज पाएको छ । यस्तै १ महिना अगाडि दया नै प्रमुख भुमिकामा रहेको फिल्म ‘दुई नम्बरी’ सार्वजनिक भएको थियो । सो फिल्म पनि केही समय युट्युब ट्रेन्डिङमा बसेर बाहिरिएको छ । अहिले ‘दुई नम्बरी’ले पनि करोड नजिक भ्युज पाएको छ । यत रि-अप्लोड गरिएको ‘भैरे’ले १५ लाख बढी भ्युज पाएको छ ।
Discussion about this post