इटहरी/ कोशी प्रदेशमा छायाङ्कन भएका ऐतिहासिक र सांस्कृतिक चलचित्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले झापाको बिर्तामोड नगरपालिका-५, धर्मकाँटा रोडमा आज अर्थात मङ्सिर ३ गतेदेखी ‘बिर्तामोड चलचित्र तथा पर्यटन महोत्सव’ सुरु भएको छ ।
नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङका अनुसार महोत्सवमा नेपाली संस्कार, संस्कृति र इतिहास झल्किने चलचित्र प्रदर्शन गरिनेछ । नेपाली चलचित्रकर्मी संघ र नेपाल तामाङ घेदुङ बिर्तामोडको संयुक्त आयोजनामा सुरु भएको महोत्सव मंसिर १० गतेसम्म चल्नेछ ।
यस महोत्सवले कोशी प्रदेशका चलचित्र उद्योगलाई प्रोत्साहन गर्दै चलचित्र र पर्यटन विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ । साथै, चलचित्र प्रदर्शन खुला ठाउँमा हुने भएकाले स्थानीय दर्शकले नयाँ अनुभव लिने अवसर पाउनेछन् ।
Discussion about this post