इटहरी/ नयाँ वर्ष २०८० को उपलक्ष्यमा इलामको टुडिखेलमा आयोजना भैरहेको मिनि महोत्सवमा भिड अनियन्त्रित हुँदा उपस्थित दर्शकहरु घाइते भएका छन् । जानकारी अनुसार हालसम्म १७ जना घाइते भएका छन भने ५ जनालाई झापामा उपचारको लागी रिफर गरिएको छ । लोकप्रिय गायक प्रमोद खरेलको विशेष प्रस्तुती रहने भएको कारण ईलामबासीको बाक्लो उपस्थितिमा यो घट्ना घटेको हो ।
एक घाइतेका अनुसार टिकट काटिसकेका दर्शकहरुलाई गेट खोलिएको थिएन । ठूलो भिडले गेट ठेल्दा भिड अनियन्त्रित भई मान्छेहरु घाईते भएका हुन् । घाइतेहरुको इलाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने त्यहाँ उपचार हुन नसकेका बिरामीलाई बिर्तामोडको हस्पिटलमा उपचारका लागी लगिएको हो । इलाममा एम्बुलेन्स अभावका कारण उपचारमा समस्या आईरहेको जानकारी प्राप्त भएको छ । यसअघि धनकुटामा प्रमोद खरेल उपस्थित कन्सर्टमा पनि यस्तै घटना घटेको थियो ।
Discussion about this post