Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

गायक सुगम पोख्रेलले दर्शकमाथी हाने माइक्रोफोनको झटारो, खासमा भएको के थियो ?

✍ सुवास संकल्प
कार्तिक १९, २०८० मा प्रकाशित
गायक सुगम पोख्रेलले दर्शकमाथी हाने माइक्रोफोनको झटारो, खासमा भएको के थियो ?

इटहरी/ नेपाली सुगम संगीतका लोकप्रिय गायकमा गनिन्छन गायक सुगम पोख्रेल । दर्जनौ हिट गीत गाएर आफ्नो नाम देश बिदेशमा कमाउन सफल उनै गायक सुगमले नामको बद्नाम गर्न थालेका छन् । जुन दर्शकहरुका कारण उनी यहाँसम्म पुगेका छन् र जुन माइक्रोफोनका कारण आफ्नो जादुमय स्वरलाई ती दर्शकहरुसम्म पुर्याएका छन् । अहिले त्यही माइक्रोफोनले आफ्ना ति दर्शकहरूलाई झटारो हान्न थालेका छन् ।

यो कुनै काल्पनिक कथा नभई सत्य हो । कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया पुगेका उनले गएको साँझ प्रस्तुतीका क्रममा दर्शकलाई माइक्रोफोनको झटारो हानेका हुन् । हलमा भरिभराउ उनका गीत सुन्न उपस्थित दर्शकहरुले सुगमका कुरा भने सुन्न चाहेनन् । अर्थात उनले नेपालमा १३० जना भुकम्पका कारण मरेका छन् । त्यसैले उनिहरुका लागी मौन धारण गरौं भन्ने आग्रह गर्छन् । दर्शकहरूले त्यो उनको आग्रहलाई बेवास्ता गरेर निरन्तर हल्ला गर्छन् ।

हल्ला नियन्त्रण गर्न र मौन धारण गर्न उनले कोसिस गर्छन् । तर, बोली लरबरिएको सुनिने सुगमले खासै आफ्नो कुरामा दर्शकले खासै चासो नदिएपछि उनले एक जना दर्शकमाथी स्टेजबाट तल झरेर माइक्रोफोनको झटारो हानेका हुन् । उनको अराजकतालाई रोक्न सुरक्षागार्ड खटिन्छन् । र उनलाई ब्याकस्टेज लगिन्छ । तर पुनः स्टेज चढेका उनको रिस शान्त नभएरै हुनसक्छ, छेउमै रहेको बोतलको झटारो पुनः त्यही दर्शकलाई ताकेर हान्छन् । यतिबेला उनको यस्तो क्रियाकलापको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ । उनको शैली र बोलिले उनी रक्सीले मातेको प्रष्टै बुझ्न सकिन्छ ।

भिडियोमा के छ ?

सुगम: मैले भर्खर सुने नेपालमा १३० जना बित्नुभएको छ । (दर्शकबाट हल्ला भइरहेको छ)सुगम: ओए, ब्रुस लीको भाइ हल्ला नगर्नु न ! हाम्रो घरको मान्छे पनि हुन सक्छन् । काठमाडौँमा हरेक घरको मान्छे हुन्छन् आजकल । एकचोटी उहाँहरूको लागि मौन धारण गरौँ न ।(दर्शकबाट हल्ला भइरहेको छ)सुगम: साईलेन्स ! (एक छिन उनी बोल्दैनन्)सुगम: बहिनी कमला, बिमला त पोईला गइन् दोकान समाल (गीत) । एक छिन एक छिन । नेपालमा धेरै जना बित्नुभएको छ । आज मैले पोस्ट गर्दा खेरी मलाई बडो नरमाइलो लागिराको छ । वि बिलंग टु द्याट कन्ट्री ।(सुगम एक जना दर्शकसँग रिसाउँछन्)सुगम: ए भाइ, तिमीलाई …* कसम झट्टी हान्छु फेरी । (सुगमले औँला ठड्याउँछन्) यसलाई बोला त यो भाइलाई । आई नीड टु टल्क विद हिम, कमअन । यो यो तालुवाला भाइलाई ।सुगम स्टेजबाट तल झर्छन् । सुरक्षा गार्डले रोकेपछि उनले माइक्रोफोनले झटारो हान्छन् । सुरक्षा गार्डले रोकेर पुनः स्टेज लैजान्छन् । स्टेज पुगेपछि पोखरेलले फेरी झटारो हान्छन् । त्यसपछि उनलाई स्टेजको पछाडि लगिन्छ ।

अगाडिकाे पाेस्ट

सन्तोष सेनले भुकम्प पिडितका लागी ६१ हजारबढी सहयोग गर्ने, रोकियो ‘बलिदान’को टिजर रिलिज

अर्काे पाेस्ट

‘यस्तो भा’छ मलाई त’ भन्दै काजिश, करिश्मासंगै लोमश र स्मारिका

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’
इभेन्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
0

...

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित
एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

चैत्र १९, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

चैत्र १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana