Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सन्तोष सेनले भुकम्प पिडितका लागी ६१ हजारबढी सहयोग गर्ने, रोकियो ‘बलिदान’को टिजर रिलिज

✍ सुवास संकल्प
कार्तिक १९, २०८० मा प्रकाशित
सन्तोष सेनले भुकम्प पिडितका लागी ६१ हजारबढी सहयोग गर्ने, रोकियो ‘बलिदान’को टिजर रिलिज

इटहरी/ यतिबेला देश शोकमा डुबेको छ । शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पको धक्काले ठूलो जनधनको क्षती भएको छ । उक्त क्षतिमा मह्लम लगाउन यतिबेला सरकार, राजनैतिक दल, विभिन्न संघ संस्था तथा ब्यक्तिहरु जुटिरहेका छन् । यस्तैमा फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो कम्पनी आशुसेन फिल्म प्रोडक्सनको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैया सहयोग गर्ने बताएका छन् ।

सेनले निधन भएका नेपालिहरु प्रती श्रद्धाञ्जली र घाइतेहरुलाई सिघ्र स्वास्थ्यलाभको कामन गर्दै उक्त सहयोगको घोषणा गरेका हुन् । उक्त सहयोगको घोषणा गर्दै सेनले आगामी फिल्म ‘बलिदान’को प्री-टिजर सार्वजनिकको कार्यक्रम पनि हाललाई स्थगित गरेका छन् । उनले भोली आइतबार टिजर सार्वजनिक गर्ने तयारी गरेका थिए । देशमा आइपरेको दुखद अवस्थामा आफुले टिजर सार्वजनिक गर्न नसक्ने बताए । राहत तथा उद्धार कार्यमा प्रधानमन्त्रीको तर्फबाट भएको एक्शनलाई प्रशंसा गर्दै सेनले नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा अन्य निकाय अहोरात्र खटिरहेको प्रती कृतज्ञ रहेको बताएका छन् ।

उनले सामाजिक संजालमा यस्तो लेखेका छन्:

“जाजरकोट रुकुम पश्चिम क्षेत्र फेरी उठने छ…”
कर्णालीको जाजरकोट र रुकुम पश्चिममा गएराती प्राकृतिक प्रकोप विनाशकारी ‘भुकम्प’मा परी सयौं जनाको दुःखद् निधन भयो सयौं संख्यामा नागरिक घाइते अवस्थामा छटपटाई रहनुभएको छ । मृतक आत्माको चिरशान्तीको कामना सहित घाईतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं ! यस विपत्तीबाट सयौं परिवार घरवार विहीन हुनुभएको छ !
यो घटनाले सम्पूर्ण नेपालीहरुको मन रोएको छ ! हामी पनि भावह्विल भएका छौं । यसप्रकारको पिडा र रोदनबाट अत्यन्तै जटिल अवस्थामा गुज्रीरहेको ठुलो विपत्तीबाट उठ्न हामी सबै एकजुट हुनुपर्ने बेला आएको छ । त्यहाँका नागरिकहरुको रोएको मनमा मल्हम लगाउन अत्यावश्यक छ अत: थोपा–थोपा मिलेर सागर बन्छ भनेजस्तै हामी पनि एउटा सानो सहयोग स्वरूप-आशुसेन फिल्म प्रोडक्सनको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैया“ सहयोग गर्ने निर्णय गरेका छौं । हरेक नेपालीले जसले आआफ्नो स्थानबाट सहयोग गर्नुभएको छ ! सबैप्रति हार्दिक आभार प्रकट गर्दछौं । राहत तथा उद्धारकार्यमा प्रधानमन्त्रीको तर्फबाट भएको एक्शनलाई प्रशंसा गर्दै नेपाली सेना,नेपाल प्रहरी,स्वास्थ्यकर्मी तथा अन्य निकाय अहोरात्र खटिरहनु भएको छ हामी कृतज्ञछौं !
यसै सन्दर्भमा हामीले भोली सार्वजनिक गर्ने भनिएको नयाँ फिल्म ‘बलिदान’ को पहिलो टिजर केही समय
को लागी स्थगित गर्ने निर्णय गरेका छौं ।
सबैप्रति हार्दिक आभार ।”

पछिल्लो विवरण अनुसार जाजरकोट र रुकुम पश्चिममा भुकम्पका कारण निधन हुनेको संख्या १५७ पुगेको छ भने १ सय १९७ जना घाइते भएका छन् ।

अगाडिकाे पाेस्ट

हर्क साम्पाङ्गप्रती समर्पित गर्दै राजेश पायल राईले गाए ‘हे हर्क अघि बढ पछि नफर्क’ भन्दै गीत

अर्काे पाेस्ट

गायक सुगम पोख्रेलले दर्शकमाथी हाने माइक्रोफोनको झटारो, खासमा भएको के थियो ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana