इटहरी/बलिउडका ३ खानका एक खान नायक साहरुख खान हुन भने उनलाई नचिन्ने कमै होलान । बलिउडका किङ्ग खान नामले पनि चिनिने साहरुखको ५८ औं जन्मदिनको अवसर परेर फिल्म ‘डंकी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा फिल्मका मुख्य कलाकारहरुलाई समावेश गरिएको छ । भने फिल्म ‘डंकी’ डिसेम्बर २१ तारिखमा रिलिज हुन लागेको हो । ५८ वर्षका खान आज पनि उतिकै जोसिला र ह्यान्डसम छन् । हेर्नुहोस टिजर ।
निर्देशक राजकुमार हिरानीको निर्देशनमा तयार भएको यो फिल्मको टिजरले दर्शकलाई उत्साह पैदा गर्ने पक्का छ । टिजरमा लण्डन जान चाहने ४ जनाको कथा समावेश गरिएको छ । फिल्ममा साहरुख खान, तापसी पन्नु, बोमन इरानी, विक्की कौशल लगायतका कलाकारको अभिनय छ । टिजरमा कमेडी, मित्रता, प्रेम र हिडेर विदेश जानेहरुको मार्मिक कथालाई प्रस्तुत गरिएको छ ।
Discussion about this post