इटहरी/ दिदि बहिनीको आशा, आमा बुवाको खुसि र दाजु भाईको आगमन सगै भित्रिने हिन्दु नेपालिहरुको अर्को महान चाड हो तिहार । यहि आशा, खुसि अनि साथी भाईको भेटघाटको उमंगमा अझै जोश जागर माटाको पालाले थपेको छ । अर्थात् राजेश कुमार श्रेष्ठको शब्दमा सुन्दर रचना रहेको चर्चित लोकप्रिय गायक प्रमोद खरेल र सुन्दरी गायिका मेलिना राईको आवाजमा ‘माटाको पाला’ बोलको गीत सार्वजनिक भएको छ भने एलिश कार्कीको संगीत समाबेश गरिएको छ ।
बेला बेलामा समयको माग अनुरुप गीत संगीत सार्वजनिक भैरहेको हुन्छ । त्यहि क्रममा तिहारको महत्व कायम राख्दै नयाँ पिढीमा संस्कृति सार्दै सार्वजनिक म्युजिक भिडियोमा मौलिकता, धर्म संस्कृति, एकता आदि बिभिन्न परम्परागत कुरा छर्लंग देखिएको छ । हेर्नुहोस भिडियो ।
यस भिडियोमा पुस्कर गुरुङ, कविता आले, प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा, शेखर घर्ति मगर, गणेश घले, अनुशा राई लगायतका कलाकारहरु फिचर्ड छन् । यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने शेखर घर्ति मगरले कोरियोग्राफ गरेका छन् भने रोशन विश्वकर्मा सहायक निर्देशक र कोरियोग्राफरको रुपमा रहेका छन् । त्यस्तै अर्जुन तिवारीको छायांकनमा बिबेक सुनारले यो भिडियोलाई सम्पादन गरेका छन् ।
Discussion about this post