इटहरी/ नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक सन्तोष सुनार र गायिका सुनिता थेग्मिको स्वरमा रहेको ‘सेल रोटि फनन’ बोलको म्युजिक भिडियो सार्वजनिक छ । यस गीतमा स्वयम गायक सन्तोष सुनारको शब्द,संगीत रहेको छ । भने संगीत संयोजन चै यकुभ तामाङ्गको छ । हेर्नुहोस भिडियो ।
बिकाश प्रसाई निर्देशित यस म्युजिक भिडियोमा प्रभात पल ठकुरी, सचिन रौनियार, तुलिका मिक्की, अनिशा ओली, कबिता न्यौपाने, रोहन खत्री लगायत कलाकार फिचर्ड छन् भने राजिव समरको नृत्य निर्देशन रहेको छ । राज कुमार के.सी. को छायांकनमा टेकेन्द्र साहले सम्पादन गरेका हुन् । ‘सेल रोटि फनन’ बोलको म्युजिक भिडियो गायक तथा लेखक सन्तोष सुनारको युट्युब च्यानल ‘सन्तोष सुनार’ मार्फत सार्वजनिक गरिएको हो ।
Discussion about this post