Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धराने युवतीहरु बिचको सौन्दर्य प्रतिष्पर्धा ‘मिस धरान आइकन’को दोश्रो संस्करण सुरु

✍ सुवास संकल्प
भदौ २८, २०८० मा प्रकाशित
धराने युवतीहरु बिचको सौन्दर्य प्रतिष्पर्धा ‘मिस धरान आइकन’को दोश्रो संस्करण सुरु

इटहरी/ युवतिहरुमा लुकेको प्रतिभा तथा सौन्दर्यतालाई सबैमाझ ल्याउने उद्देश्य सहित ब्ल्याक पिग इन्टरटेनमेन्टले ‘मिस धरान आइकन’ को दोश्रो संस्करण आयोजना गर्ने भएको छ । धराने युवतिहरु विचको प्रतिष्पर्धा यो प्रतियोगितामा हुनेछ । आयोजकले यो मंगलबार पहिलो अडिसन समेत सम्पन्न गरेको छ । आयोजकले खुलाएको अनलाइन फारम र कलेज एक्टिभेशन पश्चात इच्छा देखाएका युवतिहरु पहिलो अडिसनमा सहभागी भएका हुन् ।

धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा आयोजना गरिएको अडिसनमा ११ जना धराने युवतीको सहभागीता रहेको आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले बताए । अडिसनमा निर्णायकको रुपमा कोरियोग्राफर प्रोजिता लामा, मिस धरान आईकन पहिलो संस्करणकी फर्स्ट रनर अप प्रजिना राई र सेकेन्ड रनरअप श्वेता बिस्वकर्मा पोख्रेल रहेका थिए । कम्तिमा एसईई उतिर्णले यो प्रतियोगितामा सहभागी हुन पाउने बताइएको छ । आगामी अडिसनम सहभागी हुनलाई इच्छुकले मिस धरान आइकनको अफिसियल पेजमा राखिएको अनलाइन फारम भर्नुपर्ने छ ।

फारम भर्नेहरुका लागी यहि साता दोश्रो तथा अन्तिम अडिसन राखिने आयोजक हरिहाङ तिगेलाले जानकारी गराए । अडिसन पारगर्ने धराने युवतिहरुलाई २० दिन व्यक्तित्व विकास, फेशन, र्याम्प वाल्क, सौन्दर्य, पर्यटन, इतिहास तथा क्याटवर्कलगायतका प्रशिक्षणहरु दिइनेछ । प्रतिष्पर्धीहरुलाई मिस धरान आइकन २०२३ कि कोरियोग्राफर समेत रहेकी तथा मिस तामाङ २०१९ प्रदेश १ कि बिजेता र मिस टुरिजम क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता समेत बनेकी प्रोजिता लामाले कोरियोग्राफी गर्नेछन् ।

मिस धरान आइकन २०२३ बाट बिजेता, फर्स्ट रनरअप, सेकेन्ड रनरअप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब-टाइटलको उपाधि प्रदान गरिने बताईएको छ । बिजेताले ५० हजार नगद, फर्स्ट रनरअपले ३० हजार नगद र सेकेन्ड रनरअपले २० हजार नगद सहित अन्य आकर्षक पुरस्कारहरु प्राप्त गर्नेछन् । मिस धरान आइकनको पहिलो संस्करणमा आसमाया राई बिजेता भएकी थिइन् भने फर्स्ट रनरअप प्रजिना राई र सेकेन्ड रनरअप श्वेता विश्वकर्मा पोख्रेल भएकी थिइन् । दोस्रो संस्करणको आगामी असोज २६ गते शुक्रबार धरानमा फिनाले गरिने आयोजको तयारी रहेको छ ।

अगाडिकाे पाेस्ट

‘नेपाल चलचित्र निर्देशक समाज’को बेलायत च्याप्टर गठन, संयोजकमा सनम कुमार बैरागी

अर्काे पाेस्ट

“वाइल्ड रिपर्ज क्रु “का सुरेन राइले बिशेष वर्कशप दिने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी
इभेन्ट

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

✍ परिकला न्यूज
फाल्गुन १०, २०८२ मा प्रकाशित
0

...

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

फाल्गुन ८, २०८२ मा प्रकाशित
जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

फाल्गुन २, २०८२ मा प्रकाशित
भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

माघ ३०, २०८२ मा प्रकाशित
सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

माघ २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana