Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

✍ परिकला न्यूज
माघ २९, २०८२ मा प्रकाशित
भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

इटहरी/ भोलि अर्थात् फागुन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ ले प्रिमियर शोमै अग्रज फिल्मकर्मीहरूको मन जितेको छ । बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित भव्य प्रिमियरमा सहभागी अतिथिहरूले फिल्मलाई पर्दामा कोरिएको एक जीवन्त ‘चित्र’ को संज्ञा दिएका छन् । प्रिमियरमा उपस्थित बरिष्ठ निर्देशक तुलसी घिमिरेले फिल्म हेरेपछि भावुक हुँदै यसलाई पाखण्डीपन भन्दा पनि एउटा सुन्दर ‘पेन्टिङ’ अर्थात् चित्र जस्तो बनेको प्रतिक्रिया दिए ।

उनले भने, “फिल्म हेरिरहँदा मलाई मेरो पुरानो घरमा पुर्‍यायो । लक्ष्मी गिरीजीको अभिनय हेर्दा मैले मेरी आमालाई सम्झेँ । यो फिल्मले ‘बुकुरो’ शब्दमार्फत पैतृक घरको महत्त्वलाई गज्जबले अर्थ्याएको छ ।” निर्देशक घिमिरेले फिल्ममा समेटिएका स–साना मानवीय संवेदना, जस्तै-बाल्यकालमा खोलामा खेल्ने फुपू–भदैको बुढेसकालको भेट र लोभी मामाको चरित्रले कथालाई निकै वास्तविक र मन छुने बनाएको बताए ।

साथै, आमालाई गाली गर्ने र थप्पड लाउने तीनैजना छोराहरूको भूमिकालाई पनि उनले प्रशंसा गरे । अर्का अतिथि अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले ‘श्री बुकुरो’ हेर्दा कुनै उपन्यास पढिरहेजस्तो भान भएको बताए । उनले भने, “यसमा कमेडी र पारिवारिक सम्बन्धको समिश्रण उत्कृष्ट छ । लक्ष्मी दिदीले यमराजसँग गरेको कुरा र मुक्तिनाथ यात्राको दृश्य निकै रमाइलो लाग्यो ।” उनले वर्षौंपछि हुने दिदीभाइको भेट र समाजमा आफ्नै मान्छेले दिने छुरा हान्ने प्रवृत्तिलाई फिल्मले यथार्थपरक ढङ्गले चित्रण गरेको उल्लेख गरे ।

@parikalanewsofficial

निर्माता तथा वितरक छविराज ओझाले पनि फिल्म उत्कृष्ट बनेको भन्दै निर्माण टिमलाई बधाई दिए । सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले घर, परिवार र समाजको कथा भन्छ । विशेषगरी पुरानो थाकथलो लाई जोगाउनुपर्ने सन्देश बोकेको फिल्ममा प्रेम जीवनमा चिना नमिल्दा आउने अड्चन र पारिवारिक सम्बन्धको आरोह-अवरोह समेटिएको छ ।

फिल्मको मुख्य भूमिकामा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी छिन् । उनीसँगै आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ । रुबी सेन सिंहको लगानी रहेको यस फिल्मलाई सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन् । कथाको माग अनुसार फिल्म मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँका रमणीय स्थानहरूमा छायांकन गरिएको छ ।

अगाडिकाे पाेस्ट

‘झिँगेदाउ २’ को ६३ दिने सुटिङ यात्रा पूरा: अर्को वर्षको दशैंमा बक्स अफिस तताउने तयारी

अर्काे पाेस्ट

धर्मको आवरणमा अपराधको खेलः ‘शिवांश’ भोलिबाट देशभरका हलमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana