Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

✍ परिकला न्यूज
फाल्गुन १०, २०८२ मा प्रकाशित
इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

इटहरी/ विश्वभरको पर्यावरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’ मा यसपटक नेपालको झण्डा सेजल राजभण्डारीले फहराउने भएकी छन् । आगामी अप्रिलमा हुने उक्त विश्वस्तरीय प्रतिस्पर्धामा ७४ भन्दा बढी देशका ‘इको सुन्दरी’हरूको सहभागिता रहनेछ, जहाँ सेजलले नेपालको तर्फबाट एकल प्रतिनिधित्व गर्दैछिन् ।

नेपालको लागि आधिकारिक प्रतिनिधि छनोट गर्ने संस्था ‘ग्रीन आर्ट मिडिया’ले बिहीबार अबेर साँझ महाराजगञ्जस्थित ‘द हाइट रेस्ट्रो एण्ड वेलनेस’मा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । सोही समारोहमा अघिल्लो संस्करणकी विजेता मिस इको इन्टरनेशनल नेपाल २०२४ संस्कृति भट्टले सेजललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ को ताज पहिर्याउँदै सफलताको शुभकामना दिएकी थिइन् ।

शिरमा ताज सजिएपछि भावुक बनेकी सेजलले यसलाई आफ्नो जीवनको एक अमूल्य र महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताइन् । उनले आफूलाई योग्य सम्झेर यो मञ्च प्रदान गरेकोमा ग्रीन आर्ट मिडियाप्रति कृतज्ञता प्रकट गरिन् । “अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नेपालको मौलिक संस्कृति, परम्परा र हाम्रा मनमोहक पर्यटकीय स्थलहरूको विश्वभर प्रचारप्रसार गर्नु नै मेरो मुख्य लक्ष्य हुनेछ,” सेजलले प्रतिबद्धता व्यक्त गरिन् ।

@parikalanewsofficial

विश्व मञ्चमा खरो उत्रिनका लागि सेजललाई अब विशेष ग्रुमिङ प्रदान गरिनेछ । यसका लागि ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठलगायत नेपालका ख्यातिप्राप्त व्यक्तिहरूले उनलाई तयार पार्नेछन् । कोरियोग्राफर श्रेष्ठ सन् २०१४ देखि नै यस प्रतियोगिताका लागि नेपालको आधिकारिक राष्ट्रिय निर्देशकका रूपमा कार्यरत छिन् ।

एल.टी.सी.पी. अर्गनाइजेशनद्वारा सन् २०१४ देखि इजिप्टमा आयोजना हुँदै आएको यो प्रतियोगिताको मुख्य नारा ‘ब्युटी फर इको’ रहेको छ । ग्रीन आर्ट मिडियाका सीईओ प्रविन लाकौलका अनुसार, विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत जोड्दै सकारात्मक सूचना र सन्देश प्रवाह गर्नु नै यस प्रतियोगिताको मुख्य लक्ष्य हो ।

अगाडिकाे पाेस्ट

चुनावको मुखमा युट्युबमा ‘पोलिटिकल फिल्म’: संयोग कि बालेनको ‘सिनेमा क्रान्ति’को मास्टरप्लान ?

अर्काे पाेस्ट

निखिल उप्रेती भिलेन बन्दा ‘पारस’ को मुख्य भूमिकामा सुशील श्रेष्ठको इन्ट्री

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana