Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

चुनावको मुखमा युट्युबमा ‘पोलिटिकल फिल्म’: संयोग कि बालेनको ‘सिनेमा क्रान्ति’को मास्टरप्लान ?

✍ परिकला न्यूज
फाल्गुन ९, २०८२ मा प्रकाशित
चुनावको मुखमा युट्युबमा ‘पोलिटिकल फिल्म’: संयोग कि बालेनको ‘सिनेमा क्रान्ति’को मास्टरप्लान ?

इटहरी/ आउँदो फागुन २१ गते नेपालमा अन्तरिम सरकारले गराउन लागेको चुनावको मिति जति-जति नजिकिँदै छ, राजनीतिक सरगर्मी पनि त्यति नै बढ्दो छ । तर, यसपटक चुनावी मैदानको रापताप सडक र चोकमा मात्र सीमित छैन, यो नेपाली युट्युब तथा सामाजिक सञ्जालमा पनि सरेको छ । पछिल्लो समय भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिको पर्दाफास गर्ने ‘पोलिटिकल ड्रामा’ जनराका फिल्महरू धमाधम युट्युबमा रिलिज भइरहेका छन् ।

पुराना नेता र पार्टीले देश बर्बादीमा पुर्‍याएको र अब नयाँ अनुहारले अवसर पाउनुपर्ने जबर्जस्त सन्देश बोकेका यी फिल्महरू चुनावकै मुखमा एकपछि अर्को गर्दै सार्वजनिक हुनुले अहिले एउटै ठूलो प्रश्न खडा गरेको छ- यो केवल एउटा संयोग हो या कुनै सुनियोजित चुनावी रणनिती ? हलमा दर्शकको बम्पर साथ पाएको दिमाग खराब फिल्म २ साताअघि ‘ओएसआर मुभिज’बाट युट्युबमा रिलिज भयो ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र निश्चल बस्नेत स्टारर यो फिल्मलाई हालसम्म ५४ लाखभन्दा बढी पटक हेरिसकिएको छ । भर्खरै हलमा प्रदर्शन भएको फिल्म झरी पछिको इन्द्रेणी यही बिहीबार मात्र युट्युबमा आयो । रोचक कुरा त के छ भने, यो फिल्म रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाहको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, अर्जुन घिमिरे पाँडे लगायतको अभिनय रहेको यो फिल्मले छोटो समयमै १२ लाख ७५ हजार बढी भ्युज कटाइसकेको छ ।

@parikalanewsofficial

हिजो शुक्रबार ‘ओएसआर मुभिज’ले अर्को प्रतीक्षित फिल्म ‘सेन्टी भाइरस’ पनि सार्वजनिक गरेको छ । यो फिल्म ६ लाख ७४ हजार भन्दा बढी पटक हेरिएको छ । सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, दयाहाङ राई, विल्सन विक्रम राई र बुद्धि तामाङ जस्ता दिग्गज कलाकारको यसमा अभिनय रहेको छ । सामाजिक सञ्जालमा अहिले यो ट्रेन्डलाई लिएर चर्चा सुरु भएको छ । धेरैले यी फिल्महरुको युट्युब रिलिजलाई रास्वपा र विशेषगरी बालेन शाहको ‘डिजिटल चुनावी रणनीति’ भनेर अथ्र्याउन भ्याएका छन् । यसको आधिकारिक पुष्टि वा यथेष्ट प्रमाण त सार्वजनिक भएको छैन, तर यी तीनवटै फिल्म निर्माण गर्ने टिम र केही फिल्मकर्मीहरू बालेननिकट मानिनुले धेरै कुराको संकेत गर्छ ।

यसलाई राजनीतिक परिवर्तनका लागि सुरु भएको ‘सिनेमा क्रान्ति’ भन्न सकिने अवस्था सिर्जना भएको छ । जे उद्देश्यले रिलिज गरिएको भए पनि, यी फिल्महरूले आम नेपाली मतदातालाई आफ्ना असल र योग्य प्रतिनिधि चुन्न भने निकै ठूलो सहयोग र सचेतना प्रदान गर्ने निश्चित छ । स्मरण रहोस्, यसपटकको चुनावमा बालेन शाह झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष चुनावी भिडन्तमा उत्रिएका छन् । अब यो सिनेमा क्रान्तिले झापा-५ लगायत देशभरको चुनावी नतिजामा कस्तो प्रभाव पार्छ, त्यो भने फागुन २१ पछिको नतिजाले पक्कै बताउनेछ ।

अगाडिकाे पाेस्ट

नीतिको बिहेको तारिफ गर्दै पूजालाई ज्योतिको व्यङ्ग्य: ‘बिहे हुन हेलिकप्टर होइन, खानदान चाहिन्छ’

अर्काे पाेस्ट

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana