इटहरी/ नेपाली फिल्म जगत्की चर्चित अभिनेत्री नीति शाह औपचारिक रूपमा वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । उनले आफ्ना प्रेमी याञ्चित राणासँग शुक्रबार काठमाडौंको एक होटलमा लगनगाँठो कसेकी हुन् । केही वर्षयता गहिरो प्रेम सम्बन्धमा रहेको यो जोडीले गत वैशाखमै कानुनी रूपमा विवाह गरिसकेका थिए ।
यद्यपि, पारिवारिक उपस्थितिमा परम्परागत रितिअनुसार उनीहरू शुक्रबार विवाह बन्धनमा बाँधिएका हुन् । विवाह समारोहअघि उनीहरूको आकर्षक ‘प्रि-वेडिङ फोटोसुट’ र गोप्य रूपमा आयोजना गरिएको ‘सीक्रेट ब्याचलर पार्टी’ पनि सम्पन्न भएको थियो । नीतिका जीवनसाथी याञ्चित पेशाले एक एरोस्पेस इन्जिनियर हुन् ।

आफ्नो विवाहको खुसीयाली साट्न र आफन्त तथा साथीभाइलाई स्वागत गर्न यस नवविवाहित जोडीले शनिबार साँझ भव्य रिसेप्सन पार्टीको समेत आयोजना गरेको छ । फिल्म ‘खजुरे ब्रो’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी नीतिले छोटो समयमै दर्शकको मन जित्न सफल भएकी छन् । उनी अभिनीत ‘ज्वाइँ साब’, ‘मोहर’ र ‘नरसिंहा अवतार’ जस्ता फिल्महरू प्रदर्शनमा आइसकेका छन् ।

@parikalanewsofficial












Discussion about this post