Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रङ्गमञ्चको १२ वर्षे साधनासँगै फिल्ममा सविन: ‘मिस्टर भर्जिन’देखि कोशेढुंगा र ‘लालिमा’ हुँदै ‘बाटुलो जुन’सम्म

✍ परिकला न्यूज
फाल्गुन ८, २०८२ मा प्रकाशित
रङ्गमञ्चको १२ वर्षे साधनासँगै फिल्ममा सविन: ‘मिस्टर भर्जिन’देखि कोशेढुंगा र ‘लालिमा’ हुँदै ‘बाटुलो जुन’सम्म

इटहरी/ वास्तविक उमेर जम्मा ३४ वर्ष, तर पर्दामा ४५-५० वर्षको पाको र जीवनले ठक्कर खाएको विक्षिप्त पात्र ! अभिनयमा यस्तो जीवन्त रूपान्तरण त्यत्तिकै सम्भव हुँदैन, यसका पछाडि छ- रङ्गमञ्चमा पसिना बगाएको एक दशकभन्दा लामो साधना । कोशी प्रदेशको मोरङ अवस्थित हरैँचाबाट उदाएका प्रतिभावान कलाकार सविन कट्टेल विगत १२ वर्षदेखि नेपाली रङ्गमञ्चमा निरन्तर र कुशल अभिनय गर्दै आइरहेका छन् । पछिल्लो समय उनी नेपाली फिल्मको पर्दामा समेत आफ्नो दरिलो उपस्थिति जनाउन लागिपरेका छन् ।

यही फागुन २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’ सविनको अभिनय यात्राको एक महत्त्वपूर्ण कोसेढुङ्गा बन्दैछ । भर्खरै पोष्टर, टिजर तथा गीतहरू लगायतका प्रचार सामग्री सार्वजनिक भएको यस फिल्ममा उनी आफ्नो वास्तविक उमेरभन्दा झण्डै दोब्बर उमेरको चरित्रमा प्रस्तुत भएका छन् । सविनले यस फिल्ममा एउटा यस्तो सामान्य गाउँलेको चरित्र निर्वाह गरेका छन्, जसले प्राकृतिक विपत्तिमा आफ्नो सम्पूर्ण परिवार गुमाउँछ । कलिलो उमेरदेखि नै गरिबी, अभाव र नितान्त एक्लोपनमा बाँचेको यो पात्रले नै फिल्मको कथामा ठूलो ‘ट्विस्ट’ ल्याउने सविन बताउँछन् ।

वि.सं. २०७० सालमा औपचारिक रूपमा नाटकको वर्कसप लिएर सुरु भएको उनको रङ्गमञ्च यात्रा आजको दिनसम्म अविश्रान्त रूपमा चलिरहेको छ । उनको रङ्गमञ्चमा डेब्यु भने हारजित नाटकबाट भएको थियो । त्यसयता उनले ‘ छिमेकी’, ‘चिरिएका साँझहरु’, ‘सखी’, ‘माधवी’, ‘समाजका नाइके’, ‘घोडचढी’, ‘ह बिन्दु राम’, ‘पण्डित’, ‘अग्निचक्षु’ र ‘मुनामदन’ लगायत १५ भन्दा बढी नाटकमा सफलतापूर्वक आफ्नो अभिनय क्षमता पस्किसकेका छन् ।

@parikalanewsofficial

अभिनयमा मात्र सीमित नरही, सफल मञ्चन भएको नाटक ‘मुनामदन’ को निर्देशन समेत उनैले गरेका हुन्, जहाँ उनको अभिनय पनि रहेको थियो । यसका साथै, उनी नाटक खेल्ने मात्र होइन, सिकाउने काम पनि गर्छन् । उनले विभिन्न नाटक वर्कसपहरूमा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेका छन् । सविनले शिल्पी थिएटरमार्फत नेपालका विभिन्न गाउँ तथा सहरहरूमा पुगेर जनचेतनामूलक नाटक यात्रा र ‘मुक्त रङ्गमञ्च यात्रा’ हरूमा समेत आफ्नो सशक्त अभिनय प्रस्तुति दिएका छन् ।

फिल्म क्षेत्रमा व्यस्त बन्ने सही समयको प्रतिक्षाको कारण र अभिनय निखारतामा हरप्रहर संघर्ष गरिरहेको हुनाले थुप्रै अफरहरू आउँदा पनि उनले फिल्मलाई यथेष्ट समय दिन सकिरहेका थिएनन् । यद्यपि, उनको फिल्म यात्रा भने करिब ७ वर्ष अघि ‘मिस्टर भर्जिन’ बाटै डेब्यु भएको थियो भने कट्टेलले कोशेढुंगा फिल्ममा पनि अभिनय गरेका छन् । हाल उनी भुवन केसीको निर्देशन तथा अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘बाटुलो जुन’मा एक रमाइलो भूमिकामा अभिनय गरेका छन् । उनका अनुसार सो पात्रले दर्शकको ध्यान आकर्षित गर्नेछ । यस फिल्मको अहिले धमाधम छायांकन भइरहेको छ ।

सविनले पठाओ र माया आइभिएफ जस्ता चर्चित कमर्सियल विज्ञापनहरूमा समेत काम गरिसकेका छन् भने ‘रातो पछ्यौरी’ नामक डकु-ड्रामामा समेत आफ्नो अभिनय कौशल देखाइसकेका छन् । आगामी दिनमा अन्य केही नयाँ फिल्महरूको लागि पनि कुराकानी भइरहेको सविनले जानकारी दिएका छन् । उनी भन्छन् , “एउटा असल र अब्बल अभिनय गर्ने कलाकारको रुपमा आफूलाई नेपाली रङ्गञ्च र फिल्म क्षेत्रमा स्थापित गर्न संघर्ष गरिरहेको छु ।” रङ्गमञ्चमा खारिएका सविनको यो सङ्घर्ष र समर्पणले नेपाली फिल्म क्षेत्रले एउटा अब्बल र सम्भावना बोकेको कलाकार पाएको विश्वास गर्न सकिन्छ ।

अगाडिकाे पाेस्ट

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

अर्काे पाेस्ट

फिल्म ‘जिरो डिग्री’को मुख्य भूमिकामा सनिशा भट्टराई अनुबन्धित

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana