Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘जिरो डिग्री’को मुख्य भूमिकामा सनिशा भट्टराई अनुबन्धित

✍ परिकला न्यूज
फाल्गुन ९, २०८२ मा प्रकाशित
फिल्म ‘जिरो डिग्री’को मुख्य भूमिकामा सनिशा भट्टराई अनुबन्धित

इटहरी/ नेपाली फिल्म क्षेत्रमा एउटा फरक र रोचक कथावस्तु बोकेको फिल्म ‘जिरो डिग्री’ छायाङ्कनको अन्तिम तयारीमा छ । यसै मेसोमा निर्माण पक्षले फिल्मको मुख्य नायिकाको रूपमा अभिनेत्री सनिशा भट्टराईलाई भित्र्याएको छ । सनिशाको प्रवेशसँगै फिल्मको स्टारकास्ट थप बलियो र आकर्षक बनेको छ ।

रङ्गमञ्च र फिल्म दुवैमा आफ्नो जीवन्त अभिनयका लागि चिनिएका अभिनेता विजय बराल यस फिल्मको मुख्य भूमिकामा छन् । यद्यपि, पर्दामा सनिशा र विजयको जोडी बाँधिने हो वा उनीहरूको भूमिका फरक हुनेछ भन्ने विषयलाई निर्माण पक्षले अहिले ‘सस्पेन्स’मै राखेको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म पूर्ण रूपमा डार्क कमेडी जनरामा आधारित छ ।

यसको कथावस्तु निकै मौलिक र कौतूहलपूर्ण छ । सडक सञ्जालसमेत राम्ररी नपुगेको एउटा विकट गाउँमा आमाबुवाको निधन हुन्छ । विदेशमा रहेका सन्तान गाउँ नफर्कुन्जेल शवलाई सुरक्षित राख्नुपर्ने हुन्छ । त्यसका लागि गाउँसम्म ‘डीप फ्रिज’ बोकेर लैजाँदा बाटोमा उत्पन्न हुने उथलपुथलपूर्ण परिस्थिति र रमाइला घटनाक्रमहरू नै फिल्मको मुख्य कथा हो ।

@parikalanewsofficial

फिल्मले छायाङ्कनमा जानुअघि नै प्रचारप्रसारको फरक शैली अपनाउँदै व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरिसकेको छ । अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको उक्त गीतमा स्वर रहेको छ भने शब्द युवराज काफ्ले र संगीत अङ्कित बाबु अधिकारीको रहेको छ ।

यो गीतले समसामयिक राजनीति र विकासको नाममा गरिने टालटुले प्रवृत्तिमाथि निकै तिखो व्यङ्ग्य गरेको छ । फिल्मको निर्देशन तथा पटकथा आकास बराल र साजन काफ्ले संयुक्त रुपमा गरेका छन् भने कथा तथा अभिनय राजन भुसालको हो । फिल्मको कार्यकारी निर्माता मोती कार्की रहेका छन् भने छायाङ्कन निशाल पौडेलले गरेको फिल्मलाई देशभर वितरणको जिम्मा कुबेर सिने डिस्ट्रिब्युसनले लिएको छ ।

अगाडिकाे पाेस्ट

रङ्गमञ्चको १२ वर्षे साधनासँगै फिल्ममा सविन: ‘मिस्टर भर्जिन’देखि कोशेढुंगा र ‘लालिमा’ हुँदै ‘बाटुलो जुन’सम्म

अर्काे पाेस्ट

नीतिको बिहेको तारिफ गर्दै पूजालाई ज्योतिको व्यङ्ग्य: ‘बिहे हुन हेलिकप्टर होइन, खानदान चाहिन्छ’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana