इटहरी / तीज नजिकिदै गर्दा गीतहरु सार्वजनिक हुने होडबाजी नै चलेको छ । त्यहि क्रममा गायिका सिन्धु मल्लले आफ्नो चर्चित गीत ‘चिटिक्कै भाछु रे’ को तेश्रो शृंखला सार्वजनिक गरेकी छन् । ‘पछयौरी फाट्यो’ बोलमा सार्वजनिक गीतको लय उही पुरानै गीतको जस्तै छ ।
दुई साताअघि युट्युबमा सार्वजनिक भएको उक्त गीतमा सिन्धु मल्लको स्वर तथा सुदम थापाको संगीत रहेको छ । उक्त गीतलाई केशव बाबुले एरेन्ज गरेका हुन् । राजकुमार बगरले रचना गरेको गीतको भिडियोमा मोडल तथा डान्सर आश्मा विश्वकर्मा र कन्चन बस्नेतले ठुम्का हानेकी छन् । हेर्नुस् भिडियो
रातो सारी-चोलीमा सजिएर छमछमी नाच्दा आश्मा र कन्चनलाई उक्त पहिरनले निकै खुलेको छ । सान थापाले निर्देशन गरेको यो भिडियोलाई राजिव शर्मा र रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । भिडियोलाई बुद्ध थापा र उनका टिमले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
Discussion about this post