इटहरी / गतवर्ष तीजको अवसरमा सार्वजनिक भएर हित भएको गीत ‘कुरा बुझ्न पर्छ’को दोश्रो भागको रुपमा प्रकाश सपुतले ‘जाली रुमाल फाट्यो’ गीत तथा भिडियो सार्वजनिक गरेका छन् । जुन गीतले यतिबेला ब्यापक चर्चा बटुलिरहेको छ । चर्चा एकातिर रहेसंगै यो गीतको भिडियोले युट्युबमा राम्रो भ्युज बटुलिरहेको छ भने युट्युब ट्रेण्डिङ्गको पहिलो स्थानमा उक्लिएको छ । यता भिडियोको अन्त्यमा प्रकाश र स्वस्तिमाको संवादमा देखिएको भद्दा मजाकको बारेमा आलोचना भएपछी सो संवादलाई एडिट गरेर हटाईएको छ । सन्देशमुलक तथा चेतनामुलक गीत तथा भिडियो ल्याउने गरेका सपुतले हरेक भिडियोमा एक न एक कनटोभर्सिका खुराक छोडिनै रहेका हुन्छन् । यो समाचार तयार गर्दैगर्दा भिडियोलाई सार्वजनिकको २ दिन पुरा हुँदा २८ लाख बढिपटक युट्युबमा हेरिएको छ ।
झन्डै २ लाख लाईक पाएको भिडियोमा ७ हजार ५ सय बढि सकारात्मक प्रतिक्रिया पाएको छ । सार्वजनिक गीता तथा भिडियोले संगीत मनोरंजन मात्रै हैन, यसले समाजको यथार्थपरक घट्नापरिघटनालाई चित्रण गर्नसक्छ । यसैको परिधिमा रहेर गायक प्रकाश सपुतले आफ्ना सिर्जनाहरुलाई दर्शकसामु ल्याउने गर्छन् । केहि न केहि सन्देश सहित सबैपुस्ताको मुखमा झुण्डिने गीतहरु सिर्जना गर्न सिपालु सपुतले पुन: उस्तै गीतको भिडियो सहित सार्वजनिक गरेका हुन् । सार्वजनकि भिडियोको कथाको सुरुवातमा सपुतले अन्धविश्वासमा लाग्नु हुन्न भन्ने धारणा राख्छन्, तर पढेर डाक्टर भै देशको रक्षा गर्ने फूलमायाको हत्या भएको मनमायाले भनेपछि भड्किएको आत्मा सपुतमाथि आउछ र कथाको सुरुवात हुन्छ । हेर्नुस भिडियो
छोरीचेलीहरुको सोच र आत्माविश्वास तथा लैंगिक समानताको कुरा उठाईएको ‘कुरा बुझ्नु पर्छ’ को दोश्रो भागमा ‘जाली रुमाल फाट्यो’ मा भने हरेक प्रकारका विभेद अन्त्यको लागि कानुन प्रभावकारी हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । सपुतका अनुसार विषय, प्रस्तुति र निर्देशकिय हिसाबले यो गीत तथा भिडियो ‘जाले रुमाल फाट्यो’ आफ्नो लागि खास रहेको बताएका छन् ।
गीतमा गायिका समिक्षा अधिकारिको स्वर सुन्न सकिन्छ । प्रकाशकै शब्द, संगीत समावेश गरिएको यो गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन् । यस्तै भिडियोमा समावेश गरिएको कथालाई पनि प्रकाश सपुतले नै तयार गरेका हुन् भने निर्देशक तथा निर्माता पनि उनि नै हुन् । भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, आँचल शर्मा, गौरभ पहारी, बिशाल पहारी, पुष्पा अवस्थी, रोमा बिष्ट, बद्रि पुडासैनी, नवराज उप्रेती र अन्जली खडकाको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई बिबेक खड्काले कोरियोग्राफी गरेका छन् । भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् ।
Discussion about this post