Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

✍ परिकला न्यूज
माघ १२, २०८२ मा प्रकाशित
‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

इटहरी/ नेपाली फिल्मको प्रचार शैलीमा एउटा नयाँ आयाम थपिएको छ । बन्द कोठा र सीमित पत्रकार सम्मेलनको घेरा तोड्दै, फिल्म ‘कुमारी’ले खुल्ला आकाशमुनि १० हजारभन्दा बढी दर्शकको साक्षीमा आफ्नो ट्रेलर सार्वजनिक गरेर नेपाली फिल्म इतिहासमै एउटा फरक र ऐतिहासिक घटना रचेको छ । यही माघ २३ गते रिलिज हुने वर्षकै बहुप्रतीक्षित यस प्रेम कथानक फिल्मको ट्रेलर रिलिज कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा ‘कन्सर्ट’को झल्को दिने गरी भव्यताका साथ सम्पन्न भयो ।

ठूलो पर्दामा पहिलो पटक देखिन लागेका अबिषेक खड्का र आकृति राजभण्डारी ले डेब्युमै हजारौँ दर्शकको प्रत्यक्ष हुटिङ र तालीको स्वाद चाखे । डेब्यु अभिनेता अबिषेक खड्का सार्वजनीक ट्रेलरमा उनी एक संवेदनशील, रिसाहा तर परिस्थितिले थिचिएको प्रेमीका रूपमा देखिएका छन् । उनको अभिनयमा संवादभन्दा बढी आँखाको भाव र मौनताको शक्ति झल्किएको छ ।

यस्तै आकृति राजभण्डारीले पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । सार्वजनिक ट्रेलरमा उनी केवल प्रेमिका होइनन्, आत्मसम्मान र मौन विद्रोहको प्रतीक हुन् । उनको आँखामा देखिने डर र निर्णयको कठोरताले उनलाई सशक्त नारी पात्रका रूपमा उभ्याएको छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शक र समीक्षकहरूले यी नयाँ अनुहारले नेपाली फिल्ममा स्थापित पुराना हस्तीहरूलाई कडा टक्कर दिने अनुमान गर्न थालेका छन् । हेर्नुस् ट्रेलर ।

ट्रेलर रिलिज कार्यक्रममा उपस्थित लभस्टोरीका बादशाह आर्यन सिग्देल र ‘शाम्बाला’ फेम्ड थिन्ले ल्हामो ले पनि नयाँ जोडीको खुलेर प्रशंसा गरे । ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल लभस्टोरी फिल्म दिएका निर्देशक दिनेश राउत बीचमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ मार्फत सामाजिक मुद्दामा केन्द्रित थिए । तर, ‘कुमारी’ मार्फत उनी आफ्नो ‘सिग्नेचर जनरा’ अर्थात् विशुद्ध प्रेम कथामा फर्किएका छन् ।

निर्देशक राउतले भने, “खुला आकाशमुनि हजारौँ दर्शकलाई साक्षी राखेर ट्रेलर रिलिज गर्नु मेरो सपना थियो । यो उत्साह हलसम्म पुग्नेमा विश्वस्त छु ।” सार्वजनिक ट्रेलरले सामान्य प्रेम कथा मात्र नभई पारिवारिक सम्बन्ध र मनोवैज्ञानिक अन्तर्द्वन्द्वलाई उजागर गरेको छ । शाहिल खानको सम्पादन र सुसन प्रजापतिको छायाङ्कनले सार्वजनीक ट्रेलर हेर्दा फिल्मलाई ‘हेर्ने मात्र होइन, महसुस गर्ने’ बनाएका छन् । ट्रेलर युट्युबको ट्रेन्डिङ मा उक्लिनुले पनि यसको व्यापकतालाई पुष्टि गर्छ ।

@parikalanewsofficial

विनिश इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन भने फिल्मका लेखक विकास सुवेदी हुन् । फिल्मका गीतहरूमा केहर सिं लिम्बु र उनको ब्यान्ड स्वर र संगीत छ । ट्रेलर रिलिज कार्यक्रम केवल औपचारिक मात्र थिएन । चर्चित ब्यान्डहरू ‘इस्त्रीज’, ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ र पार्श्व गायक केहर सिं लिम्बु को लाइभ प्रस्तुतिले भृकुटीमण्डप गुञ्जायमान भयो ।

यही अवसरमा फिल्मको चर्चित गीत ‘डोको बुन्ने’ ले ५० लाख भ्युज पार गरेको खुसीयालीमा केक काटेर सेलिब्रेसन गरियो । यसअघि नै हिट भइसकेका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतले फिल्मको हाइपलाई थप उचाइमा पुर्‍याइसकेका छन् । सार्वजनिक ट्रेलरले एउटा गम्भीर प्रश्न छोडेको छ- “प्रेम जित्नु ठूलो कुरा हो कि प्रेममा इमानदार हुनु ?” नयाँ युगको सुरुवात गर्ने सङ्केत देखाएको ‘कुमारी’ ले बक्स अफिसमा कस्तो आँधी ल्याउने छ, त्यो भने माघ २३ गते नै थाहा हुनेछ । तर, सुरुवात भने धमाकेदार भइसकेको छ ।

अगाडिकाे पाेस्ट

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

अर्काे पाेस्ट

फिल्म ‘पाँच पाण्डव’ अब ‘डल्बी एट्मस’को जादुमयी आवाजमा हेर्न पाइने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana