Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

इटहरी/ नेपाली फिल्मको बक्स अफिसमा ५० करोड माथिको व्यापार गर्दै ऐतिहासिक रेकर्ड कायम गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को टिम फेरि एकपटक दर्शकको मन जित्न तयार भएको छ । ब्लकबस्टर निर्देशक सरोज पौडेलले आफ्नो नयाँ र बहुप्रतिक्षित प्रोजेक्ट ‘सिन्दुरे जात्रा’ को औपचारिक रूपमा सुरुवात गरेका छन् । यही ‘लक्की टिम’ को पुनरागमनले अहिले फिल्म वृतमा नयाँ तरंग ल्याएको छ ।सरस्वती पूजाको शुभ अवसर पारेर निर्माण पक्षले फिल्मका मुख्य दुई कलाकार अनुबन्ध गरेको छ । निर्देशक पौडेलले ‘सिन्दुरे जात्रा’ का लागि विजय बराल र अञ्जना बराइली लाई नै मुख्य भूमिकामा चयन गरेका छन् ।

यसअघि यो जोडीले ‘पूर्णबहादुरको सारङ्गी’ मा श्रीमान्-श्रीमतीको भूमिकामा जीवन्त अभिनय गरेका थिए । विशेषगरी विजय बरालको अभिनयले उनलाई करियरकै ‘टर्निङ पोइन्ट’ मा पुर्‍यायो भने गन्धर्व परिवारको त्यो मार्मिक कथाले सारा नेपालीलाई रुवायो । अहिले सोही सफल सहकार्यलाई निर्देशक पौडेलले ‘सिन्दुरे जात्रा’ मार्फत निरन्तरता दिएका हुन् । दुई हिट कलाकारलाई दोहोर्‍याउनुको कारण खुलाउँदै निर्देशक पौडेलले यो निर्णय बजारको प्रभाव नभई कथाको आवश्यकता भएको बताए ।

“विजय र अञ्जना अहिलेका रुचाइएका कलाकार हुन् । तर, हामीले बजारले रुचाएका कलाकार भनेर लिएका हैनौँ,” निर्देशक पौडेलले प्रष्ट पारे, “कथाले नै उहाँहरूलाई मागेपछि अनुबन्ध गराएका हौँ । यदि फिल्म राम्रो बनाउने हो भने कथा सुहाउँदो चरित्र बनाउनु र त्यसलाई न्याय गर्ने कलाकार लिनुको विकल्प हामी सामु छैन ।” उनले फिल्मको गुणस्तर र कास्टिङमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । अन्य कलाकारहरू पनि क्रमशः पात्रको आवश्यकता अनुसार अनुबन्ध गर्दै लगिने निर्माण पक्षले जनाएको छ ।

@parikalanewsofficial

सारंगी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको यस फिल्मको कथा स्वयं निर्देशक सरोज पौडेलले नै लेखेका हुन् भने पटकथा तथा संवादमा सबिन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । फिल्मको वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ । अहिले कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले छायांकन र प्रदर्शन मिति भने गोप्य राखेको छ । यद्यपि, ५० करोड क्लबको यो टिम एकसाथ आउँदा ‘सिन्दुरे जात्रा’ ले बक्स अफिसमा अर्को धमाका मच्चाउने अपेक्षा अहिलेदेखि नै गर्न थालिएको छ ।

अगाडिकाे पाेस्ट

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

अर्काे पाेस्ट

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana