Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

इटहरी/ फिल्मको घोषणा वा रिलिज मिति सार्वजनिक गर्न सामान्यतया पाँचतारे होटल वा प्रेसमिटको तामझाम रोज्ने गरिन्छ । तर, फिल्म ‘रोल नं. १’ को निर्माण टिमले भने एक पृथक र अर्थपूर्ण शैली अपनाएको छ । विद्याकी देवी सरस्वतीको पूजाको शुभ अवसर पारेर फिल्मले आफ्नो प्रदर्शन मिति २०८३ साल जेठ १५ गते गणतन्त्र दिवसका लागि तय गरेको छ ।

फिल्मको कथा नै ‘बाल मनोविज्ञान’ र शिक्षासँग जोडिएको हुनाले निर्माण पक्षले यसको घोषणा पनि शिक्षासँग विशेष रहेको दिनमा विद्यालयमै पुगेर गरेको हो । फिल्मका प्रमुख बाल-कलाकारहरू अध्ययनरत विद्यालय ‘पाथिक ज्ञान निकेतन’ मा पुगेर निर्माण टिम, शिक्षक र विद्यार्थीहरूकै बीचमा प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । यो शैलीले फिल्मको मर्मलाई अझ प्रष्ट पारेको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भइरहेको यो फिल्म पूर्ण रूपमा बालबालिकाको मनोविज्ञानमा केन्द्रित छ । फिल्मको छायांकन हिमाली जिल्ला म्याग्दीका रमणीय ग्रामीण भेगहरूमा गरिएको छ । महेश दवाडीको लेखन रहेको यस फिल्मले शिक्षा क्षेत्रको गम्भीर पाटो उजागर गर्ने अपेक्षा छ । पोस्टरमा कक्षाकोठामा हात उठाएर हाजिरी जनाउँदै गरेको बालकको दृश्यले पहिले नै चर्चा बटुलिसकेको छ ।

@parikalanewsofficial

फिल्ममा स्थापित कलाकारहरू र बाल-प्रतिभाहरूको बेजोड संगम देख्न पाइनेछ । यसमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन भने बाल कलाकारको भूमिकामा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं हुन् । शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, मदन घिमिरेको सम्पादन यो फिल्ममा रहेको छ । निर्माता विनोद पौडेलले दिएको जानकारी अनुसार सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो फिल्म नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले फिल्मको वितरण जिम्मा लिएका छन् ।

अगाडिकाे पाेस्ट

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

अर्काे पाेस्ट

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana