Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

इटहरी/ “घर भनेको केवल ईंटा र माटोको संरचना मात्र होइन, यो त यादहरू र भावनाहरूको सङ्गालो हो ।” यही मर्मलाई आत्मसाथ गर्दै निर्माण भएको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो सांगीतिक कोसेली दर्शकमाझ आएको छ । निर्माण पक्षले शुक्रबार परेको सरस्वती पूजाको पावन अवसर पारेर फिल्मको मुख्य गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा तीन फरक पुस्ता र प्रतिभाको सुन्दर संयोजन सुन्न सकिन्छ । फिल्मका निर्देशक सुदीप भुपाल सिंहको शब्द रचना रहेको यस गीतमा वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीत भरेका छन् । गजमेरको मौलिक संगीतमा आधुनिक पुस्ताका लोकप्रिय गायक शिव परियारको बुलन्द स्वरले गीतलाई जीवन्त बनाएको छ । हेर्नुस् भिडियो ।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आर्शिवाद क्षेत्री र वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको यात्रा देखाइएको छ । सहरबाट गाउँ फर्किँदै गर्दा बाटोमा देखिने प्राकृतिक दृश्य र पात्रहरूको मनमा उब्जिएका भावनालाई भिडियोले निकै मार्मिक ढङ्गले पेश गरेको छ । ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता फिल्ममार्फत आफ्नो पहिचान बनाएका निर्देशक सुदीप भुपाल सिंह यस फिल्ममार्फत ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् ।

एक्सन र लभस्टोरीको भीडमा सिंहले ‘श्री बुकुरो’ मार्फत विशुद्ध पारिवारिक कथा पस्कने आँट गरेका छन् । निर्देशक सिंहका अनुसार, यो फिल्मले दर्शकलाई आफ्नोपनको महसुस गराउँदै पूर्ण मनोरञ्जन दिनेछ । रुबी सेन सिंहको निर्माण रहेको यो फिल्म आगामी फागुन १ गतेका दिन देशभरका हलमा प्रदर्शन हुनेछ । फिल्मको यसअघि सार्वजनिक टिजर र पोस्टरले दर्शकको मन जितिसकेको अवस्थामा यो गीतले फिल्म प्रतिको कौतुहल अझ बढाएको छ ।

@parikalanewsofficial

फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंको मनोरम लोकेसन छायांकन गरिएको हो ।

फिल्मको लेखन तथा निर्देशक सुदीप भुपाल सिंह हुन् भने कोरियोग्राफी सुरज तामाङ र प्रवीण सिंह, सम्पादन बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनले गरेका हुन् । सञ्जय लामा र राजेश श्रेष्ठको छायाङकन रहेको फिल्मको कलर तथा भिएफएक्स मनोरञ्जन श्रेष्ठले गरेका हुन् । गीत संगीतको पाटोमा रञ्जीत गजमेरका अलावा बसन्त सापकोटा र विक्रम कार्कीको पनि संगीत रहेको छ भने स्वरमा शिव परियारलाई विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलले साथ दिएका छन् ।

अगाडिकाे पाेस्ट

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

अर्काे पाेस्ट

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा
कलिउड न्युज

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana