Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

इटहरी/ पर्दामा ‘देवता र राक्षस’ बीचको महायुद्ध देखाउने तयारीमा रहेको फिल्म ‘कल्ली’ को क्यामेरा अन्ततः ६० औँ दिनमा आएर बन्द भएको छ । आगामी फागुन १ गते हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मको छायांकन जुम्लाको हिउँ र सिरेटो छिचोल्दै काठमाडौंको चोभारमा आएर एउटा ‘ग्ल्यामरस’ अन्त्यका साथ सकिएको हो ।

फिल्मको ‘प्याकअप’ सामान्य भएन, निर्माण पक्षले अन्तिम समयमा नायिका पूजा शर्मालाई आइटम गर्ल बनाएर सरप्राइज दियो । केही समयदेखि पर्दामा नदेखिएकी र हालै बैवाहिक जीवनमा बाँधिएकी पूजा शर्माले ‘कल्ली’ मार्फत आफ्नो पुनरागमन गरेकी छिन्, त्यो पनि एकदमै फरक अवतारमा । आफ्नो फिल्मी करियरमै पहिलो पटक ‘आइटम डान्स’ गरेकी पूजाले चोभारको सेटमा ‘क्या राम्री’ बोलको गीतमा कम्मर मर्काउँदै सुटिङ प्याकअप गराएकी हुन् ।

निर्माता किरण नेपालीका अनुसार यो गीत खिच्न २ दिन लाग्यो । आशिष अविरल र मेलिना राईको स्वर, सुरेन्द्र रानाका शब्द र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतमा पूजालाई नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले साथ दिएका छन् ।

@parikalanewsofficial

पूजा भन्छिन्– “गीतको बिट सुन्ने वित्तिकै मन पर्यो, त्यसैले नाइँ भन्नै सकिनँ । बिहेपछि पहिलो काम, त्यसमाथि पहिलो आइटम डान्स, म निकै उत्साहित छु ।” लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनले मिलेर बनाएको यो फिल्म सामान्य होइन, स्टारहरूको ‘कुम्भमेला’ नै हो । लक्ष्मण सुनारको ‘एक्सन–कट’ र महेश दवाडीको लेखनमा तयार भएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन र वर्षा राउत जस्ता कलाकारहरू एकसाथ देखिँदैछन् ।

यति मात्र होइन, उत्तम प्रधान, विनोद न्यौपाने, रेयर राई, बेगम नेपालीदेखि बाल कलाकार उपेश ढकालसम्मको अभिनयले फिल्मलाई वजनदार बनाएको छ । जुम्लाको अर्गानिक लोकेसनमा निसाल पौडेलले खिचेका दृश्यहरूलाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन् । फिल्मको टिजरले पहिले नै हाइप बनाइसकेको अवस्थामा, पूजा शर्माको यो ‘स्पेशल गीत’ सार्वजनिक भएपछि फिल्मको चर्चा झनै चुलिने निर्माण पक्षको दाबी छ ।

अगाडिकाे पाेस्ट

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

अर्काे पाेस्ट

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana