Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

✍ परिकला न्यूज
माघ ९, २०८२ मा प्रकाशित
‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

इटहरी/ हरेक नेपाली घरको एउटा साझा कथा छ- सन्तानको उज्ज्वल भविष्यको सपना र त्यसका लागि चुकाउनुपर्ने ‘विछोड’ को मूल्य । यही मर्मस्पर्शी विषयवस्तुमा बनेको फिल्म ‘आ बाट आमा’ को ट्रेलरले रिलिज भएको २४ घण्टा नबित्दै युट्युबमा तहल्का मच्चाएको छ । बुधबार काठमाडौंमा एक भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरले दर्शकको मन यसरी छोएको छ कि २४ घण्टा नपुग्दै यसले १० लाख भ्युज पार गरिसकेको छ ।

साथमा ५३ हजार लाइक र १८ सयभन्दा बढी सकारात्मक प्रतिक्रियाहरू प्राप्त हुनुले फिल्मप्रति दर्शकको उच्च अपेक्षालाई पुष्टि गरेको छ । ट्रेलरले बासुदेव र देवकीको सानो तर सुखी गाउँले संसारलाई देखाउँछ । उनीहरूको एउटा होनहार छोरा छ- कृष्ण, जो गाउँकै स्कुलमा पढाउँछ । तर, जब पारिवारिक खुसीलाई दीर्घकालीन बनाउने सपना बोकेर कृष्णले ‘विदेश’ जाने निर्णय लिन्छ, तब त्यो हँसिलो घरको आँगनमा सन्नाटा छाउँछ । हेर्नुस् ट्रेलर ।

फिल्मले आमाबुवाले छोरा हुर्काउन गरेको संघर्ष र बुढेसकालको सहारा ठानिएको छोरा रोजगारीका लागि टाढिँदा आमाको मनमा चल्ने आँधीलाई मुख्य विषय बनाएको छ । यसमा पारिवारिक ड्रामा मात्र होइन, त्रिकोणात्मक प्रेमकथा र अध्यात्मको लेप पनि समिश्रण गरिएको छ । लामो समयपछि नेपाली फिल्म क्षेत्रमा फर्किएकी अभिनेत्री विपना थापाले ‘आमा’ को भूमिका मार्फत बलियो पुनरागमनको संकेत दिएकी छिन् ।

यस्तै, बलिउड तथा साउथ इन्डियन फिल्मका चर्चित अभिनेता प्रदीप रावत बुवाको सशक्त भूमिकामा देखिएका छन् । यता छोरा ‘कृष्ण’को भूमिकामा अभिनेता पल शाहले गाउँले युवक र परदेशीको मनोभावलाई प्रस्तुत गरेका छन् । फिल्ममा सिम्रन पन्त, उषा उप्रेती, चर्चित कथावाचक साईग्रेस पोखरेल र रवीन्द्र झाको अभिनयले पनि फिल्मलाई थप जीवन्त बनाएको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन चन्द्र पन्तले गरेका हुन् ।

@parikalanewsofficial

अभिमन्यु निरवीको पटकथा रहेको फिल्मको छायाङ्कनमा नवराज उप्रेती र सम्पादनमा साहिल खान तथा मिलन श्रेष्ठ रहेका छन् । फिल्मका कार्यकारी निर्माता करण सिंह रसाईली हुन् भने कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुंगानाले संयुक्त रूपमा लगानी गरेका छन् । पारिवारिक प्रेम, त्याग र आधुनिक युवापुस्ताको विदेश मोहले निम्त्याउने सामाजिक मनोविज्ञान बुझ्न चाहने दर्शकका लागि यो फिल्म यही माघ १६ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ ।

अगाडिकाे पाेस्ट

माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

अर्काे पाेस्ट

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana