इटहरी/ कोशी प्रदेशको इटहरीमा आयोजना भैरहेको ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को आज अर्थात कार्तिक १४ गते ग्रान्ड फिनाले हुने भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीले संयुक्त रुपमा आयोजना गरेको यस प्रतियोगिताको फाइनलमा ५५ जना बालप्रतिभा फाईनलमा पुगेका छन् । यी प्रतिष्पर्धीहरुबाट आज ग्राण्ड फिनाले कार्यक्रम मार्फत विजेता घोषित हुनेछ ।
इटहरीमा अवस्थित लायन्स क्लबको सभाहलमा बेलुका ५ बजेदेखी फाइनल प्रतिस्पर्धा कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । २ चरणमा भएको यो प्रतियोगिताको अडिसनमा ८० र ५० जना बालप्रतिभाको सहभागिताबाट यो छनोट गरिएको थियो । प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गरेकी छन् ।
उनी लगायत अन्य प्रशिक्षकहरुले प्रतियोगीहरूलाई र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता र योगाको प्रशिक्षण तालिम अवधिमा दिइएको छ । आज ग्राण्ड फिनालेबाट ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ३ विधामा विजेता घोषणा गरिनेछ । जसमा हरेक विजेतालाई ३०/३० हजार नगदसहित आकर्षक पुरस्कार र विशेष सबटाइटल प्रदान गरिने आयोजकले जनाएको छ ।
ग्राण्ड फिनालेको सहयोगीमा रोयल रिसोर्ट, सिनेसुत्र न्युज, युथ डेभलपमेन्ट सेन्टर, शान्ती पार्टी प्यालेस र जम्प एरिना रहेका छन् भने कार्यक्रमको मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ हुन् । मिस्टर एण्ड मिस लिटिल पुर्बेलिको मिडिया पार्टनर परिकला न्युज, फोटो तथा भिडियोग्राफी बज क्रीयसन, वार्ड्रप पार्टनर निधि बुटिक,क्यालेन्डर पार्टनर हाम्रो पात्रो र भोटिङ पार्टनर एभिन्टोज रहेको छ ।
Discussion about this post