इटहरी/ बालबालिकाहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’मा सहभागी बालप्रतिभाहरूसँग फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’का प्रमुख कलाकार विजय बराल, अञ्जना बराईली र मुकुन भुषालले भेटघाट गरेका छन् । कार्तिक १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको यस फिल्मलाई परिवारसँगै हेर्न कलाकारहरूले विशेष आग्रह गरे ।भेटका क्रममा बालबालिकाहरूसँग कलाकारहरूले सामूहिक तस्वीर खिचाए भने अभिनेत्री अञ्जनाले प्रतियोगिताका प्रतिष्पर्धीहरुसंग सेल्फी समेत लिइन् ।
ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीले संयुक्त रुपमा आयोजना गरेको यस प्रतियोगिताको ट्यालेन्ट राउण्ड भर्खरै सम्पन्न भएको छ । यो प्रतियोगिताको फाइनलमा छनोट भएका ५५ बालप्रतिभा कार्तिक १४ गते इटहरीको लायन्स क्लबको सभाहलमा हुने फाइनल प्रतिस्पर्धाका गर्न तयारी गरिरहेका छन् ।
यसअघि सम्पन्न दुई चरणको अडिसनमा ८० र ५० जना बालप्रतिभाको सहभागिताबाट यो छनोट गरिएको हो । प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गर्दैछिन् । उनी लगायत अन्य प्रशिक्षकहरुले प्रतियोगीहरूलाई र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता र योगाको प्रशिक्षण दिइँदैछ । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फाइनलमा ३ विधामा विजेता घोषणा गरिनेछ । जसमा हरेक विजेतालाई ३०/३० हजार नगदसहित आकर्षक पुरस्कार र विशेष सबटाइटल प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।
Discussion about this post