Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’गीत रिलिज, फिल्म मङ्सिर ७ देखी प्रदर्शन हुने

✍ सुवास संकल्प
कार्तिक ११, २०८१ मा प्रकाशित
‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’गीत रिलिज, फिल्म मङ्सिर ७ देखी प्रदर्शन हुने

इटहरी/ फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । जसमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर, परशुराम अधिकारीको संगीत र लोकमणि पौडेलको रचना छ । धर्मेन्द्र पौडेलको कोरियोग्राफीमा बनेको यो गीतको भिडियोमा फिल्मका कलाकारहरू अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई लगायतले नृत्य प्रस्तुत गरेका छन् । विवाहको सेटअपमा तयार पारिएको यो रत्यौली गीत झ्याउरे लयमा आधारित छ । जहाँ पश्चिम नेपालतिर प्रचलित महिलाहरू पुरुषको भेषमा नाच्ने ‘लुठो’ बन्ने प्रचलनलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा रमा त्रिपाठी ‘लुठो’ बनेकी छन् । साहित्यकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित यो फिल्म बोक्सीको अन्धविश्वासविरुद्ध तयार गरिएको हो । नेपाललाई बोक्सी प्रथाबाट मुक्त गराउने उद्देश्यले २०७१ मा स्थापना भएको मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले यस फिल्मको निर्माण गरेको हो । फिल्म आगामी मंसिर ७ गते प्रदर्शनमा आउनेछ । हेर्नुस् सार्वजनिक भिडियो ।

निर्देशक घनश्याम लामिछानेले फिल्ममा थ्रिलर र सस्पेन्सका साथै समाजमा गहिरो सन्देश दिने उद्देश्यले सिनेम्याटिक शैलीमा प्रस्तुत गरिएको बताए । फिल्मको प्रमुख भूमिकामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा लोकमणि पौडेलको कथा, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन र दीर्घ गुरुङको छायांकन समावेश गरिएको छ ।

यसअघि नै यो फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र अवार्ड’ प्राप्त गरिसकेको छ । फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री र विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूले समेत हेरिसकेका छन् भने सकारात्मक प्रतिक्रिया पाएको छ । साथै, केही समयअघि भारतको सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी-२० औं बटालियनमा पनि यो फिल्म प्रदर्शन गरिएको थियो । जसले अन्तर्राष्ट्रिय स्तरमा पनि समाजमा बोक्सीप्रथाको अन्त्यको सन्देश प्रवाह गरेको छ ।

अगाडिकाे पाेस्ट

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’का प्रतिष्पर्धीसंग ‘पुर्ण बहादुरको सारङ्गी’ टिम

अर्काे पाेस्ट

अमेरिकामा बस्ने दर्शकका लागी ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन गरिने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana