इटहरी/ अमेरिकाबाट आएकी नेपाली भाषी भुटानी समुदायकी अनुया तामाङले ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि जितेकी छन् । शनिबार सम्पन्न भव्य ग्राण्ड फिनालेमा अनुयाले उपाधि जित्दै १० लाख रुपैयाँ नगद र प्रायोजकको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । उनी कोच प्रमोदबाट प्रतिष्पर्धामा थिइन् । कोच प्रमोदबाट यो लगातार तेश्रो जित हाँसील हो ।
दर्शकले दिएको भोटका आधारमा सबैभन्दा बढी भोट प्राप्त गरेर उनी विजेता बनेकी हुन् । विजेता घोषणा कार्यक्रमको दौरानमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले अनुयालाई पुरस्कार प्रदान गरेका थिए ।
फाइनलमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा, कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिम्ला धिताल र आयुष लामाले प्रतिस्पर्धा गरेका थिए । भोटिङ लाइन शनिबार साँझ ७ बजेसम्म खुल्ला भएको थियो ।
Discussion about this post