Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बुवा सन्दीपको टुटेको संगीत सपना र छोरी टेनिसाको फुल्दै गरेको संगीत सपना

लुगा सिलाउने काम गर्दै भ्वाइस किड्सकी प्रतिष्पर्धी छोरी टेनिसालाई भोट माग्दै सन्दीप

✍ सुवास संकल्प
साउन १७, २०८१ मा प्रकाशित

इटहरी/ सुनसरीको इटहरी निवासी टेनिसा परियार यतिबेला भ्वाइस अफ किड्समा प्रतिष्पर्धा गरिरहेकी छन् । यता उनको बुवा पनि आफैमा गायक तथा संगीतकार हुन् । तर, अरुको पसल अगाडि लुगा सिलाउने मेसिन राखेर दैनिक गुजारा चलाउने गर्छन् । अहिले छोरिलाई भ्वाइसको उपाधी जिताउने सपना सहित लुगा सिलाउने ठाउँमा भोट अपिलको ब्यानर सहित छोरिलाई भोटका लागी मेहनत गरिरहेका छन् । लुगा सिलाउन आउनेहरुलाई आफ्नी छोरीलाई भोट गरिदिन आग्रह समेत गर्छन् । कामबाट कमाएको दैनिक १५ सय काठमाडौमा आफ्नो छोरी टेनिसा र श्रीमतीको लागी पठाउछन् ।
यस्तो छ टेनिसालाई भोट गर्ने तरिका:
टेनिसा यतिबेला कोचहरुको हातबाट आम दर्शकको निर्णायकिय भुमिकामा आइसकेकी छन् । अब दर्शकको निर्णय भनेको भोट नै हो । जसको लागी टेनिसालाई भोट गर्न आफ्नो मोबाइलमा भएको खल्ती एपमा गई त्यहाँ भोटिङ भन्ने अप्सन आउँछ । त्यसमा क्लिक गरिसकेपछी ‘द भ्वाइस अफ किड्स’को ब्यानर मुनि देखिने ‘भोट नाउ’ मा क्लिक गर्नुपर्नेछ । त्यसपछि देखिने ४ कोचहरु मध्ये ‘कोच छेवाङ’मा क्लिक गरेर अन्तिम लाईनमा टेनिसाको तस्विर सहित ‘भोट’ भन्ने अप्सन देखिनेछ । त्यहाँ क्लिक गरेपछि एक भोट फ्रीमा गर्न मिल्छ भने खल्ति एपमा तपाईले बैंक एकाउण्ट लिंक गर्नुभएको छ भने २ भोट फ्रीमा गर्न मिल्छ । त्यसभन्दा बढी भोटको लागी भने प्रति भोट १० रुपैयाँको दरले शुल्क लाग्नेछ । यस्तै नेपाल बाहिरबाट भोट गर्दा भने खल्ती एपको वेबसाईट www.khalti.com बाट सोही प्रक्रियाले गर्न सकिन्छ । अहिले टेनिसालाई अत्याधिक भोटको जरुरत भएकोले सक्दो भोट गर्न आवस्यक छ ।

यस्तो छ बुवाको टुटेको संगीत सपना र छोरीको फुल्दै गरेको संगीत सपना:
टेनिसाको बुवाको बुवाको नाम सन्दीप परियार हो । बर्षौ देखी सन्दीपले इटहरीमा अरुको पसल अगाडि कपडा सिलाउने टेलर चलाएर गुजारा चलाउदै आएका छन् । उनी श्रीमती, एक छोरा र एक छोरी सहित इटहरीमा डेरा लिएर बस्छन् । २०६२ सालमा आफुलाई अंशमा आएको डेढ कट्ठा जग्गा बेचेर एल्बम निकालेका उनले गायक बन्ने हुटहुटीले च्यापेपछी झण्डै २ दशक यसैमा रुमल्लिए । तर, अन्ततः हार खाए । कयौं प्रयासहरु गरे । अडियो निकाले, आफू ती गीतहरुले चल्छु भन्ने लागेर एफएम रेडियोहरुमा बजाउन दिए । सोचेको पूरा भएन ।

बिस्तारै भिडियोको जमाना आयो । त्यताबाट पो चल्न सकिन्छ कि भनेर दिनरात इटहरीको चोकमा टेलर घुमाउदै कपडा सिलाएर जोहो गरेको पैसाले र अरुलाई सहयोग मागेर आफ्ना केही गीतको म्युजिक भिडियो पनि निकाले । तर, त्यसले पनि उनको सपना पूरा गर्ने यात्रालाई धक्का लगायो । अब सकिन्न भनेर हारेका उनले आफ्नो सपना पूरा गराउन छोरीलाई अगाडि सारे । सन्दीपको त्यही २ सीप हो । एउटा गायन सीप, काम लागेन । अर्को सीप, लुगा सिलाउने । अहिले उनी यहि लुगा सिलाउने सिपलाई नै ध्यान दिएर छोरीलाई भ्वाइस अफ किड्समा आफ्नो सपनाको महत्त्वपूर्ण अंश बनाएर पठाएका हुन् ।

यो प्रयास र सुरुवात अहिले हैन । सन्दीपले यसअघिको सिजनमा समेत टेनिसालाई पठाएका थिए । तर, विडम्बना टेनिसाले कुनै कोचलाई फर्काउन सकिनन् । जिन्दगीमा हालले निखार ल्याउछ भन्ने लागेर सन्दीपले छोरिलाई अझै साधनामा तल्लिन गराए । आफुले नै छोरिलाई सिकाउथे । साधनाको अन्त्य त कहिले हुँदैन । तर, यो १ वर्षको अन्तरमा टेनिसामा अगाडि बढ्ने ज्ञान र हिम्मत बढ्यो । त्यसैले नै हो, अहिले द भ्वाइस अफ किड्सको तेस्रो संस्करणमा ४ जनै कोचलाई घुमाउदै धमाकेदार इन्ट्री गरिन् । त्यसपश्चात् ब्याटल राउण्ड र लाईभ राउण्ड हुँदै अहिले दर्शकको माझमा आइपुगेकी छन् । ४ जना कोच घुमाउँदा कोच मेलिनालाई रोजेकी उनलाई ब्याटर राउण्डबाटै कोच मेलिनाले छोडिन् ।

तर, उनको प्रतिभालाई अझै निखारेर अगाडि बढाउन सकिन्छ भनेर कोच छेवाङले स्टिल गरे । बुवाको सपना पूरा गर्ने सपना बोकेर त्यहाँ पुगेकी टेनिसा झण्डै बाहिरिएकि थिइन् । तर, कोच छेवाङले स्टिल गरेर लाईभ राउण्डमा अझै निखारिएर उनि प्रस्तुत भईन् । सबै कोचको तारिफले दङ्ग परेकी टेनिसाले आफ्ना फ्यान फलोईङ पनि प्रस्तुती मार्फत बढाउदै गैरहेकी छन् । तर, उनलाई उपाधी जित्न र अगाडि बढ्नलाई प्रस्तुतीमा अझै निखारताको जरुरत त अवस्य छ । तर, त्यो भन्दा उपाधी जित्ने अन्तिम अस्त्र भनेको भोटिङ नै रहेको छ । त्यसैले अहिले उनको जन्मथलो इटहरीमा क्याम्पियन नै चलाएर भोट अपिल समेत भैरहेको छ ।

अगाडिकाे पाेस्ट

फिल्म मोदिबेनीको अफर, इटहरीको रिजन होटल एण्ड म्युजिक क्याफे’मा २०% छुट

अर्काे पाेस्ट

फिल्म ‘कर्साङ’ फ्लोरमा, लगातार १ महिनाको छायांकन सेड्युल

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

चैत्र २२, २०८२ मा प्रकाशित
मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

चैत्र २१, २०८२ मा प्रकाशित
‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana