Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को फाईनलमा ८ जना, शनिबार हुँदै ग्राण्ड फिनाले

✍ परिकला न्यूज
असार २६, २०८१ मा प्रकाशित
नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को फाईनलमा ८ जना, शनिबार हुँदै ग्राण्ड फिनाले

इटहरी/ नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग यहि बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ । आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी एक पत्रकार सम्मेलनबीच शेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।

ललितपुर बुङ्मतिमा रहेको नेपालकै अत्याधुनिक इनडोर अम्युजमेन्ट पार्क दि वन्डरल्याण्ड बाँकी एपिसोडका लागि मुख्य प्रायोजकमा जोडिएको छ । शेफ नेपाल उत्कृष्ट रियालिटि शो भएकाले मनोरन्जन बिधामा हातेमालो गर्न प्रमुख प्रायोजकको रुपमा शोसँग जोडिएको दि वन्डरल्याण्डका मार्केटिङ हेड शिखर बस्नेतले बताए । त्यसैगरी बाँकी एपिसोडमा उद्घोषकको रुपमा लोकप्रिय मिडियाकर्मी रक्षा उप्रेती जोडिएकी छन् । कार्यक्रमको जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका छन् ।

एकसय प्रतियोगी छनोट गरि शुरू भएको शोमा अब उत्कृष्ट आठ प्रतियोगीको प्रतिस्पर्धा हेर्न पाइनेछ । खाना सँस्कृतिको धनी देश नेपालमा पहिलोपटक फुड रियालिटी सो सन्चालन हुनु निकै गर्वको कुरा रहेको र यसले नेपाली रेसिपीको प्रवर्द्धनसँगै भान्से पेसालाई अझ गर्विलो बनाएको जजहरूको भनाइ छ । धर्म पिक्चर्सको ब्यानरमा निर्माण भएको कार्यक्रमको अब आउने एपिसोडहरू अझ रोमान्चक रहने बिश्वास कार्यक्रमका निर्माता एवं धर्म पिक्चर्सका सँस्थापक धर्मराज पाण्डेको रहेको छ ।

पछिल्लो एपिसोडहरु निर्माण गर्न कान्तिपुर टिभीको प्राविधिक सहयोग समेत रहेको छ । कार्यक्रमको फाइनल एपिसोड कान्तिपुर टिभीमा प्रशारण भए सँगै शेफ नेपालको युट्युब च्यानलमा समेत हेर्न सकिनेछ । विश्वका विभिन्न कुकिङ प्रतियोगितामा सफल भई नेपालको नाम विश्वभर फैलाएका मास्टर सेफ सन्तोष शाह मास्टर जजको भूमिकामा छन् ।

यस्तै देशका गाउँबेसी भ्रमण गरी विभिन्न नेपाली खाना र स्वादहरूको अध्ययन एवं प्रवर्द्धन गरिरहेका भान्से लक्ष्मण प्रसाद भण्डारी र थाइ फुडका पारङ्गत गणेश ढकाल जजको भूमिकामा छन् । ढकाल रोयल थाई हस्पिटालिटी र बान थाई रेस्टुरेन्टका प्रबन्ध निर्देशक समेत हुन् । सेफ ढकालले ठिमी भक्तपुर स्थित रोयल थाई हस्पिटालिटिमा सञ्चालन गरिरहेको ब्याङ्क्वेटमा स्टुडियो सेट निर्माण गरि कार्यक्रमको सुटिङ भइरहेको छ ।

अगाडिकाे पाेस्ट

ईश्वरका निर्माता तथा नायक ध्रुव भन्छन् ‘मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ’

अर्काे पाेस्ट

कर्मा शाक्य र रुबिना थापाको सम्बन्ध विच्छेद

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’
इभेन्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
0

...

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित
एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

चैत्र १९, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

चैत्र १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana