इटहरी/ मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ । नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’ बाट सार्वजनिक गरिएको हो । भिडियाेमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडकाे कथा छ । लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्युजिक भिडियाेकाे दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन । उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसंग दर्जनौं म्युजिक भिडियाेहरुमा काम गरिसकेकी छिन । ‘कलेजी कटाउन्या माया’ मा पनि कविताले साच्चिकै लोभलाग्दो र प्रशंसायोग्य काम गरेकी छिन ।
त्यस्तै, जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन । चक्र भने मोडल संगसंगै गायनमा पनि सक्रिय छन । हामीले चलचित्र वा सिरिज आउनु अघि टिजर सार्वजनिक गरेको त देख्दै आएका छौ । म्युजिक भिडियाेकाे हकमा भने यो चलन खासै देखिदैन । तर यो गीतको भने चार दिन अघि टिजर सार्वजनिक गरिएको थियो। ४० सेकेन्डको मर्मस्पर्शी टिजरले दर्शकमा कौतुहल जगाउन सफल भएको थियो । गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत र भिडियाे साच्चैँ नै कलेजी काट्ने खालको छ ।
भिडियाेमा कलाकारहरुको काम तारिफयोग्य छ । यो गीत आजभन्दा करिव १० वर्ष अगाडी गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए। सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो । विशेषगरी, सुदुरपश्चिमका ९ जिल्लाहरुमा यो गीतले तहल्का मच्चायो । गीतले दर्शकको अपार सफलता र माया पाएपछी गायक महेश कुमार औजी र बादल थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन । गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन । यो गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन ।
कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहेनत झल्किन्छ । निर्माण टिमका अनुसार भिडियाे दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो । भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् । भिडियाेको कन्सेप्ट पनि शानकै हो । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन । त्यसैगरी, मारुनी स्टुडियाेमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ, सरिता मगरको मेकअप, अनुस्का डिसिको पहिरन, टाैवा कृयसनको पोस्ट डिजाईन र बुद्ध थापाको सिनेमाटाेग्राफी छ ।
Discussion about this post