इटहरी / धरान उपमहानगरपालिकाका मेयर मुख्य अभियान्ता रहेका सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि राई इज किङ गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई र मोडल एलिशा राईले १/१ लाख रुपैया नगद सहयोग गरेका छन् । सुम्निमा पारुहाङ निर्माणमा सहयोग रकम उठाउने उद्देश्य स्वरुप चैत १० गते शनिबार धरानमा आयोजना गरिएको एक भब्य साङितिक कार्यक्रममा राजेशपायल राईले हास्य शैलीमा दयाहाङ राईले एउटा डायलगको करोडौं लिने बताउदै ठट्यौली गरेका थिए ।
अभिनेता दयाहाङले आफ्नो सस्कृति, भाषा, धर्मको संरक्षण गर्नुपर्ने बताउदै उनले आफुले सहयोग गरेको बताउदै सम्पुर्णलाई सकेको सहयोगको लागि आग्रह गरेका गरेका थिए । यस्तै सोही कार्यक्रमबाट मोडल तथा अभिनेत्री एलिशा राईले पनि एक लाख नगद सहयोग गरेकी थिइन् भने गायक राजेश पायलले पनि एकलाई सहयोगको घोषणा सोही कार्यक्रमबाट गरे ।
धरान रंगशालामा सनिवार साँझ आयोजना भएको ‘सुम्निमा पारुहाङ साँझ-२०८०’ नामक साङितिक कार्यक्रममा लोकप्रिय गायक गायिकाहरुको प्रस्तुती रहेको थियो । राजेश, दयाहाङ, एलिशासंगै लोकप्रिय गायिका रचना रिमाल, मेलिना राई, प्राश्ना शाक्य, विल्सम विक्रम राई, कन्चन थलङ लिम्बू, सुगम पोख्रेल, महेश लिम्बू, राजन मुकारुङ लगायतको विशेष प्रस्तुतिहरु रहेको थियो । कार्यक्रमको आयोजक शिल्भर इन्टरटेन्मेन्ट रहेको थियो ।
Discussion about this post