Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सगरमाथालाई विश्वभर चिनाउने हलिउड फिल्म निर्माता डेभिड ब्रेसियर्सको निधन

✍ परिकला न्यूज
चैत्र ४, २०८० मा प्रकाशित
सगरमाथालाई विश्वभर चिनाउने हलिउड फिल्म निर्माता डेभिड ब्रेसियर्सको निधन

इटहरी । फिल्ममार्फत सगरमाथालाई विश्वमाझ चिनाउन योगदान दिएका हलिउड फिल्म निर्माता तथा छायांकार डेभिड ब्रेसियर्सको निधन भएको छ । मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्समा ६८ वर्षीय ब्रेसियर्स घरमा मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो खबरलाई ब्रेसियर्सको परिवार निकट अमेरिकी पर्वतारोहीहरु एड भिस्टर्स, क्याथी हार्वर्ड र जेड विलियम्सनले पुष्टि गरेका हुन् । उनको परिवारले समेत विज्ञप्तिमार्फत निधनबारे जानकारी दिएको छ । ब्रेसयर्सको मृत्युको ठोस कारण भने यकिन नभएको परिवारको विज्ञप्तिमा उल्लेख छ । ब्रेसियर्सको निधनमा नेपाली फिल्मकर्मी र पर्वतारोही समुदायले समेत सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् । सन् २०१४ मा उनले काठमाडौंमा हिमालय पर्वतमा जलवायु परिवर्तनले पारेको असरबारेको फोटो प्रदर्शनी आयोजना गरेका थिए ।

आरोही समेत रहेका ब्रेसियर्सले पाँच पटक सगरमाथा आरोहण गरेका छन् । सन् २०१५ मा रिलिज भएको हलिउड फिल्म ‘एभरेस्ट’ थ्रीडीका उनी सहायक निर्माता र दोस्रो तहका छायांकार थिए । सन् १९८३ मा उनी सगरमाथाबाट ‘लाइभ टेलिकास्ट’ गर्ने पहिलो व्यक्ति बनेका थिए ।

सन् १९९८ को आइम्याक्स डकुमेन्ट्री ‘एभरेस्ट’बाट उनी विश्वचर्चित बने । आइम्याक्स डकुमेन्ट्री इतिहासमा यो सर्वाधिक कमाउने फिल्म बन्यो । आठ फिल्ममा काम गरेका उनले सगरमाथामाथि एभरेस्ट, स्टोर्म ओभर एभरेस्ट र एभरेस्ट डेथ जोनजस्ता फिल्म निर्माण गरे । जलवायु परिवर्तनले हिमालयका हिमनदीमा पारेको प्रभावलाई सम्बोधन गर्न उनले गैरनाफामूलक संस्था ग्लेसियरवर्क्सको स्थापना गरेका थिए ।

१० मे १९९६ मा उनले एभरेस्ट डकुमेन्ट्री फिल्म छायांकन गर्दा खसेको हिमपहिरोले आठ जनाको मृत्यु भएको थियो । यो घटनापछि छायांकन समेत रोकिएको थियो । ‘एभरेस्ट’ थ्रीडीले १९९६ को उक्त दर्दनाक घटनाको कथा भन्छ । नेपाली हलमा समेत रिलिज भएको यो फिल्मले राम्रै कमाइ गरेको थियो । विश्वभर यसले १२० मिलियन डलर कमायो ।आफ्नो फिल्म र प्रसारण संस्थाबाट उनले लाखौंलाई सगरमाथाबारे जानकारी दिएका छन् । उनले आफू सधैं सगरमाथाको निकट रहेको समेत बताउने गर्थे ।

अगाडिकाे पाेस्ट

दीपाको निर्देशन क्षमतामाथि प्रश्न, दीपक भन्छन कामको जश नदिनु अन्याय

अर्काे पाेस्ट

‘जात्रा’ शृंखला ‘महाजात्रा’ पछि पनि अघि बढ्छ कि बढ्दैन ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
‘जलाकी’बाट धिरज मगर बाहिरिए, मुख्य भूमिकामा सोनम तोप्देनको ‘कमब्याक’

‘जलाकी’बाट धिरज मगर बाहिरिए, मुख्य भूमिकामा सोनम तोप्देनको ‘कमब्याक’

चैत्र ४, २०८२ मा प्रकाशित
‘लालिमा’ टिमको बालेनलाई खुल्ला पत्र: यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न माग

‘लालिमा’ टिमको बालेनलाई खुल्ला पत्र: यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न माग

चैत्र ४, २०८२ मा प्रकाशित
मुन्द्रे र ‘मुन्नी’को फ्रेस जोडी ‘कार्की साइँला’मा, २१ दिनमै सकियो सुटिङ

मुन्द्रे र ‘मुन्नी’को फ्रेस जोडी ‘कार्की साइँला’मा, २१ दिनमै सकियो सुटिङ

चैत्र ४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana