‘महाजात्रा’ आउँदो शुक्रबारदेखि अर्थात् चैत्र ९ गतेबाट प्रदर्शनमा आउँदैछ। ‘महाजात्रा’ व्यवसायिक रूपमा सफल र समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाएको फिल्म ‘जात्रा’ को तेस्रो शृंखला हो । फिल्मका कार्यकारी निर्माता तथा अभिनेता रविन्द्र सिंह बानियाले चैत्र १ गते इटहरीमा भएको पत्रकार भेटघाटमा व्यवसायिक सफल भएकै भरमा सिक्वेल वा शृंखला बनाइहालौं भन्ने आफूलाई नलाग्ने तर त्यस्तै खालको आइडिया आएपछि सोच्ने तर अर्को शृंखला बनाउने भन्ने कुरा अहिले नसोचेको बताए ।
उनि भन्छन् ‘भविष्यमा कुनै दिन त्यस्तै गज्जब खालको कथा, आइडिया आयो । जात्राकै पात्र, सेटिङ र कथा भन्ने तरिकालाई लिएर बनाऔं भन्ने भयो भने नबनाउने भन्ने पनि होइन। तर यो राम्रो भयो बनाइहालौं भन्ने खालको सोच चाहिँ छँदै छैन।’
कमेडी, ड्रामा जनरामा बनिएको फिल्म ‘महाजात्रा’ २ घण्टा ३५ मिनेटको छ। फिल्ममा अघिल्लो शृंखलाकै कलाकारहरू विपीन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झा , राजाराम पौडेल , हरिवंश आचार्यको अभिनय छ। यो निर्माण घोषणादेखि नै प्रतीक्षित मानिएको फिल्म हो । फिल्मलाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् ।
Discussion about this post