Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपाली सेनाको पाइलट बन्ने सपना पुरा गरिन् बेनिशा हमालले

✍ परिकला न्यूज
माघ २४, २०८० मा प्रकाशित
नेपाली सेनाको पाइलट बन्ने सपना पुरा गरिन् बेनिशा हमालले

इटहरी/ महिला शसक्तिकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिवार साँझ ललितपुरस्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा उक्त बाह्र मिनेट लम्बाई रहेको म्युजिक फिल्म सार्वजनिक गरिएको हो । उक्त म्युजिकल फिल्म हेरिसकेपछि उपसभामुख रानाले प्रसंशा गर्दै उदेश्य बोकेर सङ्घर्ष गरेमा सफलता हात पर्ने बताइन ।

‘म आफैँ पनि बाल्यकालमा निकै सङ्घर्ष गरेर स्कुल पुगेकी थिएँ । तर, मैले आफ्नो मेहनतले बर्षौदेखि स्कुल गइरहेका भन्दा बढी नम्बर ल्याएर स्कुल टप गरे । त्यसैले हामीले आफ्नो उदेश्य र त्यसलाई प्राप्त गर्ने सङ्घर्ष छोड्नु हुँदैन’, उपसभामुख रानाले भनिन्,’यहाँ छोरीले गर्न सक्दिनन् की भन्ने सोच्ने नभएका होइनन् तर हामीले उनीहरूलाई काम गरेर देखाउनु पर्छ । यस्ता म्युजिकल फिल्ममार्फत छोरीलाई गरिने विभेदलाई कम गर्न सचेतनाको संदेश प्रवाह हुन्छ ।’ उनले आफ्नो बाल्यकालको सङ्घर्ष, काठमाडौँ आएपछिको अवस्था र अहिलेसम्मको यात्रा कुनै फिल्म भन्दा कम नभएको भन्दै निर्देशक श्रेष्ठलाई प्रेरणादायी लघु चलचित्र निर्माणका लागि सोच बनाउन आग्रह गरिन् ।

निर्देशक श्रेष्ठले ‘चल्ने हावालाई’ मार्फत छोरीहरूलाई छोराझैँ समान रुपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन । ‘हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौँ ? के उनीहरूमा योग्यता छैन र ? कि हाम्रो सोच नै अयोग्य छ ? यस्ता विषयमा सोच्नु पर्ने समय आएको छ’, निर्देशक श्रेष्ठले भनिन्, ‘यो गीत सुनेपछि यसको शब्द अनुसार एउटा कथा फुरेपछि म्युजिकल फिल्मको रुपमा तयार गरेका हौँ । छोरीलाई अवसर दिनका लागि हामीले मन र सोच सुन्दर र फराकिलो बनाउनै पर्छ ।’ उक्त कार्यक्रममा म्युजिकल फिल्ममा देखिएकी बाल कलाकार तथा निर्देशक श्रेष्ठकी छोरी सम्वृद्धि श्रेष्ठ आफ्नो प्रतिभा उजागर गर्दै उक्त गीत लाइभ गाएकी थिइन् । हेर्नुस भिडियो

उक्त गीतमा सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक श्रेष्ठको कामदेखि आफू हरेक पटक प्रभावित भएको भन्दै अभिनेता विष्टले प्रशंसा गरे । ‘मैले सङ्गीताजीसँग कथा प्रेमका नामक शृब्खलामै काम गरेको थिएँ । त्यस समयदेखि नै उहाँले निर्माण गर्ने फिल्म, शृब्खला वा म्युजिक भिडियो भएपनि त्यसमा मनोरन्जनसँगै संदेश हुन्छ । यो हेर्नका लागि मात्र नभई हाम्रो सोचाइ परिवर्तन गर्ने भिडियो बनेको छ । म यसमा जोडिन पाउँदा गौरवान्वित महसुश गरिरहेको छु’, अभिनेता विष्टले भने ।

म्युजिकल फिल्म हेरिसकेपछि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिए । ‘मैले आफू महानिरीक्षक हुँदा महिलालाई लक्षित गर्दै विभिन्न कार्यक्रम ल्याएको थिएँ । उनीहरूलाई अवसर नदिएसम्म क्षमता मापन गर्न सक्दिन् । यो भिडियोले दिएको संदेशलाई म एउटा छोरीको बाबु भएकाले महसुश गर्न सक्छु’, पुर्व महानिरीक्षक खनालले भने, ‘राष्ट्रको सेवा गर्ने सोच छ भने नेता, मन्त्री वा समाजसेवी बन्छु भन्नेसँगै प्रहरी बन्छु भन्ने पनि सोच बनाउनुस् । यहाँ धेरै अवसर छन्, जसमार्फत समाजलाई सहि बाटोमा हिडाउने सँगै न्याय दिलाउने भूमिका निर्वाह गर्न सकिन्छ ।’ उक्त कार्यक्रममा राष्ट्रिय सेवा दलका तालिम योजना तथा अनुगमन निरीक्षक महेशकुमार थापाले महिलाहरूलाई सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्नेमा जोड दिएका थिए ।

सरु पराजुलीको स्वर तथा शिव चम्लागाईको शब्द र सङ्गीत रहेको गीतमा अभिनेत्री हमालले पाइलट बन्ने सपना पुरा गर्न गरेको सङ्घर्षलाई देखाईएको छ । उनको पात्र मार्फत समाजले महिलालाई हेर्ने दृष्टिकोण, छोरीलाई अवसरबाट बन्चित गराउने कारण, लैंगिक विभेद जस्ता पक्षलाई देखाईएको छ । भिडियो निर्माणमा नेपाली सेनाले विशेष सहयोग गरेको निर्देशक श्रेष्ठले बताइन । गायिका पराजुलीले लोक गित, आधुनीक गित, पप गित, राष्ट्रिय गित, नेवारी गित, तिज गित र भजनसहित हाल सम्म करिब दुई सय गीतमा स्वर दिईसकेकी छिन् । उनको सुरभि, मनन र नमन जस्ता एल्बमहरु बजारमा उपलब्ध छन् । म्युजिकल फिल्म ‘चल्ने हावालाई’ गायिका पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘गोर्खा वारियर’को धरानसहित पोखरा र काठमाण्डौमा ऐतिहाँसिक प्रिमियरको तयारी

अर्काे पाेस्ट

कस्तो लाग्यो विपिन कार्की र मिरुना मगरको तन्नेरी अवतार ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक
कलिउड न्युज

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

चैत्र २३, २०८२ मा प्रकाशित
करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

चैत्र २२, २०८२ मा प्रकाशित
मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
‘मालती मंगले’को गीतमा विजय र वर्षाको ‘मोहब्बते’ अवतार

‘मालती मंगले’को गीतमा विजय र वर्षाको ‘मोहब्बते’ अवतार

चैत्र १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana