Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘गोर्खा वारियर’को धरानसहित पोखरा र काठमाण्डौमा ऐतिहाँसिक प्रिमियरको तयारी

✍ परिकला न्यूज
माघ २४, २०८० मा प्रकाशित
फिल्म ‘गोर्खा वारियर’को धरानसहित पोखरा र काठमाण्डौमा ऐतिहाँसिक प्रिमियरको तयारी

इटहरी/ रिलिज मिति नजिकिँदै गएको ऐतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुने भएको छ । ११ फागुनबाट रिलिज हुने यो चलचित्रको त्यस अघि ५ फागुनमा धरानमा ऐतिहाँसिक प्रिमियर गर्न लागिएको हो । प्रिमियर आयोजक समितिले धरानको अहिलेसम्मकै बिशिष्ट प्रिमियरको रुपमा गोर्खा वारियरको ऐतिहाँसिक प्रिमियर गर्न लागेको जनाएको छ । धरानको प्रिमियरबारे यो चलचित्रका निर्देशक मिलन चाम्सले भने,‘पूर्व बृटिस आर्मी तथा बृटिस आर्मीहरुको धेरै बसोबास भएको धरानमा हामीलाई प्रिमियरको लागि बारम्बार आग्रह आएका कारण हामीले त्यहाँ प्रिमियर गर्न लागेका हौं । धरानको प्रिमियर ऐतिहाँसिक बनाईने र त्यसमा पूर्व पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका पूर्व बृटिस आर्मीहरु सहभागी हुने तयारी गरिरहनु भएको छ ।’

फिल्मको ऐतिहाँसिक प्रिमियर तयारी समितिका अनुसार एक दर्जन भन्दा बढी विभिन्न जातजातिको जातीय पोशाक र बाजागाजा सहित गोर्खा वारियरको ब्यानर बोकेर धरान शहरमा र्याली गरेर सो टोली प्रिमियरमा सहभागी हुनेछ । अन्य शहरबाट पनि र्याली सहित प्रिमियरमा बृटिस आर्मीहरु आउने पनि निर्देशक चाम्सले जानकारी गराए । सो प्रिमियरमा बृटिस गोर्खा आर्मीसँगै नेपाल आर्मी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारीहरु, विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरु, स्थानीय सरकारका प्रमुखहरु एवम् त्यहाँका विशिष्ट व्यक्तित्वहरु सहभागी हुने पनि चाम्सको भनाई छ । उनका अनुसार नेपालको लागि यो पहिलो प्रिमियर भएकाले यसलाई ऐतिहाँसिक तुल्याईने छ ।

धरानपछि अन्य शहरमा पनि यस्तै प्रिमियर गरिने निर्देशक चाम्सको भनाई छ । यतिबेला पत्रकार सम्मेलन गर्दै फिल्मको प्रचारप्रसार गर्न देश दौडाहामा निस्किएको फिल्म युनिटको उपस्थितिमा फागुन ७ गते पोखरा र फागुन ९ गते काठमाण्डौमा पनि यसरि नै भव्य प्रिमियर गर्ने तयारि भएको चाम्सले जानकारी गराए । यस अघि गोर्खा वारियरको बेलायतमा ऐतिहाँसिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको थियो । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय ऐतिहाँसिक प्रिमियर गरिएको थियो । सो प्रिमियरमा दर्शकको व्यापक प्रसँसा पाएपछि नेपालसहित विभिन्न देशबाट यो चलचित्रको प्रिमियरको लागि उच्च माग बढेको छ ।

गत साता यो चलचित्रको ट्रेलर रिलिज गरेपछि गोर्खा वारियरको ‘हाईप’ ह्वात्तै बढेको छ । त्यसो त हालै गोर्खा वारियरले ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा त्यत्तिकै बढेको थियो । गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ । गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् । यही चलचित्रबाट नायकमा डेब्यु गरेका रितेस चाम्स आफैं बृटिस गोर्खा आर्मीसँगै पाईलट पनि हुन् ।

यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘रङ्गेली’को ‘हातैले उघाएर’ गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका

अर्काे पाेस्ट

नेपाली सेनाको पाइलट बन्ने सपना पुरा गरिन् बेनिशा हमालले

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana