इटहरी/ बलिउडका चर्चित एवं दिग्गज गायक सुरेस वाडकरको स्वरमा नेपाली गित “तिमी त गयौ” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालि गित संगित क्षेत्रमा प्राय: बिदेशी (मुख्यत: भारत) का चर्चित गायकगायिकाहरुले नेपाली गितमा स्वर दिने वा गाउने क्रम चल्दै आईरहेको छ । बलिउडका गायकगायिकाहरु आशा भोसले, लता मंगेसकर, कुमार सानू, अभिजित, सोनु निगम, बिनोद राठोर, जगजित सिं, पंकज उद्धस, श्रेया घोसाल, कबिता कृश्ण्मुर्ती लगायत थुप्रै चर्चित कलाकारहरुले नेपाली गितमा स्वर भरीसकेका छ्न ।
ती मध्ये दिग्गज बलिउड गायक सुरेस वाडकरको स्वरमा एउटा नेपाली गित “तिमी त गयौ” को म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ । बरिष्ठ गितकार विजय सिवाकोटीद्वारा रचित उक्त गितलाई संगितकार राजु सिंहले संगीत भरेका छन् भने अमुल कार्की ढलीले संगित संयोजन गरेका छन् । हेर्नुस भिडियो
म्युजिक भिडियोतर्फ एक प्रेमिल जोडि बिचको बिछोडको कथाबस्तुलाई समावेस गरिएको छ भने भिडियोमा कमेडी च्याम्पियनका प्रतियोगी एवं होस्ट मेक्सम गौडेल, अन्जु चौलागाईं र सुरज खड्कालाई फिचर्ड गरिएको छ । अमृत सुनुवारद्वारा निर्देशित म्युजिक भिडियोलाई आवेश मुनि बज्राचार्यले छांयाकन गरेका छ्न भने माधब बेल्बासेको सम्पादन तथा रंग संयोजन रहेको । उक्त भिडियोलाई सान्ताना रेकर्ड्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
Discussion about this post