इटहरी/ अङ्ग्रेजी नयाँ वर्षको अवसरमा गायक तथा मोडल प्रकाश सपूतले सार्वजनिक गरेको ‘मुटु कटक्कै’ बोलको गितले यतिबेला लोकप्रियता कमाईरहेको छ । हुनत: प्रकाश सपुतका प्रायः गीतहरु विवादमा रुमल्लिदै राम्रै चर्चा र भ्युज बटुल्छ । हालै सार्वजनिक गित ‘मुटु कटक्कै’ भने विवादबाट अलि टाढै रहेको छ । यद्यपि केहिले खोट भने औल्याईरहेका छन् ।
प्रकाशकै शब्द तथा संगीत रहेको ‘मुटु कटक्कै’ गायनमा सपुतलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतले मायामा पीडा पाएकाहरूको कथा भन्छ । जसमा पनि यो गीतको भिडियोमा केटाहरुको लागी रुने ठाउँ ‘रुवाबासी सेन्टर’ ले खुबै चर्चा पाएको छ । यो गीतले यतिबेला युट्युब नेपालको ट्रेन्डिङमा समेत कब्जा जमाईरहेको छ । हेर्नुस् भिडियो ।
यो समाचार तयार गर्दैगर्दा भिडियोले २७ लाख ४८ हजार बढी भ्युज बटुल्दै ट्रेन्डिङको पहिलो नम्बरमा छ । गीतले माया नलाएको मान्छे कोही पनि नहुने र मायामा पींडा नपाएको व्यक्ति पनि कोही नहुने उल्लेख गरेको छ । तर मायामा पींडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई भने एक छिन् भएपनि मन भुलाउने ठाउँ नहुने कथा सार्वजनिक गीत र भिडियोले भन्छ ।
समाजले महिलालाई पीडा भुलाउने सन्दर्भमा समेत विभेद गर्ने गरेको गीत र भिडियोमा देखाइएको छ । मनमा रहेको पीडा कम गर्न पनि महिलाले नाटक गर्नुपर्ने अवस्था रहेको देखाउन खोजिएको छ । गीतको भिडियोमा प्रकाश सपुत, कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ । नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिड्योलाई प्रविन भट्टले सम्पादन गरेका हुन् भने निर्देशन प्रकाश सपूत स्वयंले गरेका हुन् ।
Discussion about this post