इटहरी/ प्रकाश सपुतको हालै सार्वजनिक गीत ‘सकम्बरी’ ले सार्वजनिक भएको ७ दिनमै १ करोड भ्युज युट्युबमा प्राप्त भएको छ । भिडियो सार्वजनिक भएको केही घण्टा पश्चात् नै युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको भिडियोले निरन्तर त्यही स्थान कब्जा गर्दै १ सातामै १ करोड भ्युज प्राप्त गरेको हो । नेपाली म्युजिक भिडियोको इतिहासमा १ साताको अवधिमा ट्रेन्डिङ १ मा निरन्तर रहि युट्युबमा १ करोड भ्युज पाउने सायदै यो पहिलो रेकर्ड हुन सक्छ । हेर्नुस् भिडियो
यो समाचार तयार गर्दै गर्दा भिडियोले ३ लाख ८० हजार नजिक लाईक पाएको छ भने १९ हजार भन्दा बढी भिडियोको कमेन्ट सेक्सनमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । तर, टिकटकमा हजारौले सकारात्मक टिकटक बनाउदै गर्दा सामाजिक संजाल फेसबुकमा भने यो गीतले अत्याधिक आलोचना पाइरहेको छ । न त कानुनी प्रक्रियामा सकम्बरी गीत पुग्यो, न त सर्जकलाई कुनै संघसंस्थाले आपत्ति जनायो वा कसैको दबावमा गीत युट्युवबाट डिलेट नै गर्न लागाईयो ।
यसर्थ फेसबुकको ती पोस्ट र आलोचना मात्रै कथा सावित भयो भन्दा फरक नपर्ला । सिर्जना बुझ्ने अनेक बाटो वा प्रक्रिया हुन्छन् । सिर्जनामा सबैको सोच र सबैको बुझाई एकै हुन्छ भन्ने हुदैन । तर, समाजको यथार्थ कथालाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु, त्यो कदापी अपराध वा गलत हैन । सपुतको यो गीत तथा भिडियोले पुरुषतन्त्रको एकाधिकार र महिला माथी हुने नकारात्मक फाइदालाई स-चित्र प्रष्ट्याएको छ ।
Discussion about this post